भ्रष्टाचार गर्न मन्त्री भएको होइन : मन्त्री पाण्डे « Khabarhub

भ्रष्टाचार गर्न मन्त्री भएको होइन : मन्त्री पाण्डे


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहरी विकासमन्त्री विक्रम पाण्डेले आफू जनतासँग झुटको खेती गर्न र भ्रष्टाचार गर्न मन्त्री नभएको बताएका छन् । भरतपुर महानगरपालिका–१७ स्थित प्राकृतिक आमा समूहले आज आयोजना गरेको कार्यक्रममा उनले आफ्नो कार्यकालमा कुनै पनि गलत काम नहुने विश्वास दिए ।

“मैले गल्ती गरेँ भने मतदाताको मन दुख्छ”, उनले भने, “मलाई देशको माया र जनताको आशीर्वाद छ ।” उनहाँले निर्वाचनको समयमा मतदाताले दिएको आशीर्वादलाई नभुलेर जनताको काम गर्ने बताए । यसपटक जनताले अनुभूति गर्ने गरी काम हुने उनको भनाइ छ ।

“विकास सबै ठाउँमा समान प्रकृतिले हुन्छ, पहुँच र भनसुनका आधारमा काम गर्ने परिपाटीको अन्त्य हुन्छ”, उनले भने । मन्त्री पाण्डेले आफूलाई चाहना नहुँदा नहुँदै मन्त्री बन्नुपरेको भन्दै पार्टीले दिएको जिम्मेवारी कुशलताका साथ सम्पन्न गर्ने बताए ।

राप्रपा उपाध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेले पार्टीका एजेन्डाहरू दायाँबायाँ नहुने भन्दै थप अभियानका साथ जनतामाझ जाने बताए । उनले देशलाई परिवर्तनको अनुभव गर्नेगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्र काम गर्नसक्ने उल्लेख गरे । पार्टी सरकारमा गएपछि झन् थप मजबुत बनेको उनको भनाइ छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १० : ४१ बजे

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा