भ्रष्टाचार गर्न मन्त्री भएको होइन : मन्त्री पाण्डे « Khabarhub

भ्रष्टाचार गर्न मन्त्री भएको होइन : मन्त्री पाण्डे


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहरी विकासमन्त्री विक्रम पाण्डेले आफू जनतासँग झुटको खेती गर्न र भ्रष्टाचार गर्न मन्त्री नभएको बताएका छन् । भरतपुर महानगरपालिका–१७ स्थित प्राकृतिक आमा समूहले आज आयोजना गरेको कार्यक्रममा उनले आफ्नो कार्यकालमा कुनै पनि गलत काम नहुने विश्वास दिए ।

“मैले गल्ती गरेँ भने मतदाताको मन दुख्छ”, उनले भने, “मलाई देशको माया र जनताको आशीर्वाद छ ।” उनहाँले निर्वाचनको समयमा मतदाताले दिएको आशीर्वादलाई नभुलेर जनताको काम गर्ने बताए । यसपटक जनताले अनुभूति गर्ने गरी काम हुने उनको भनाइ छ ।

“विकास सबै ठाउँमा समान प्रकृतिले हुन्छ, पहुँच र भनसुनका आधारमा काम गर्ने परिपाटीको अन्त्य हुन्छ”, उनले भने । मन्त्री पाण्डेले आफूलाई चाहना नहुँदा नहुँदै मन्त्री बन्नुपरेको भन्दै पार्टीले दिएको जिम्मेवारी कुशलताका साथ सम्पन्न गर्ने बताए ।

राप्रपा उपाध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेले पार्टीका एजेन्डाहरू दायाँबायाँ नहुने भन्दै थप अभियानका साथ जनतामाझ जाने बताए । उनले देशलाई परिवर्तनको अनुभव गर्नेगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्र काम गर्नसक्ने उल्लेख गरे । पार्टी सरकारमा गएपछि झन् थप मजबुत बनेको उनको भनाइ छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १० : ४१ बजे

नेपाली कम्युनिष्ट पार्टी ताजा जनादेश लिन तयार छ : नेता रावल

अत्तरिया – नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले ताजा जनादेश

जेन-जी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल