भारतीय विदेश सचिव क्वात्रा काठमाडौँ आइपुगे « Khabarhub

भारतीय विदेश सचिव क्वात्रा काठमाडौँ आइपुगे


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय सचिव विनयमोहन क्वात्रा काठमाडौं आइपुगेका छन्। दुई दिने नेपाल भ्रमणका लागि उनी भारतीय वायुसेनाको विशेष विमानबाट सोमबार काठमाडौं आइपुगेका हुन्।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आएका उनले उच्चस्तरीय भेटवार्ता गर्नेछन्। नेपाल बसाइका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्रीसहित राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

सचिव क्वात्रा भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनेछन्। सो छलफलपछि परराष्ट्र सचिव पौडेलले उनको सम्मानमा आयोजित ’लन्च’ कार्यक्रममा सहभागी हुनेछन् । परराष्ट्र सचिवले दिएको लन्चपछि भारतीय विदेश सचिव क्वात्राले परराष्ट्र मन्त्री  विमला राईसँग द्विपक्षीय भेटघाट गर्नेछन्।

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन्। सोमबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ। उनी त्यसका लागि बालकोट जानेछन्।

विदेश सचिव क्वावत्राले मंगलवार भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटघाट गर्नेछन्। मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेपछि उनी स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ११ : ५२ बजे

मध्यपूर्व युद्धविरामका बावजुद इजरायलद्वारा लेबनानमा पुन: आक्रमण

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानको युद्धविराममा लेबनान समावेश नभएको

चितवनबाट आएको बोडीमा अत्यधिक विषादी, जफत गरी नष्ट

चितवन– बिक्रीका लागि बुटवल लैजाने क्रममा चितवनबाट आएको हरियो बोडीमा

संसद् एकअर्काले गालीगलौज, आरोप प्रत्यारोप गर्ने ठाउँ हैन : सांसद शाही

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले संघीयता,

अफगानिस्तानमा घरको छत खस्दा सात जनाको मृत्यु

एजेन्सी– पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा घरको छत खसेर भएको दुर्घटनामा

यात्रुवाहकको १६.७१ प्रतिशत, मालवाहकको २१.६८ प्रतिशतसम्म बढ्यो भाडा

काठमाडौं– सरकारले सार्वजनिक यातायात तथा ढुवानी साधानको भाडा वृद्धि गर्ने