महाशिवरात्रिका अवसरमा पशुपतिमा लिङ्ग पुराण सुरु | Khabarhub Khabarhub

महाशिवरात्रिका अवसरमा पशुपतिमा लिङ्ग पुराण सुरु


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र विकास कोषले आजदेखि लिङ्ग पुराण महायज्ञ आयोजना गरेको छ । लिङ्ग पुराणको नेपाली अनुवादसहित प्रकाशन गरेको कोषले महाशिवरात्रिका अवसरमा पहिलोपटक अनुष्ठान सुरु गरेको हो ।

नेपाली अनुवादसहितको लिङ्ग पुराण महाशिवरात्रिकै अवसरमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले यही फागुन ५ गते विमोचन गर्नुहुने कार्यक्रम छ । पशुपतिनाथ पश्चिम मूल ढोकाअघि रहेको शङ्कराचार्य मठमा पुराण वाचन सुरु भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

विमोचनपछि पशुपतिनाथ मूल मन्दिरको पश्चिमढोका अघि स्थापना गरिएको कोषको बिक्री कक्षबाट पनि पुराणको पुस्तकको बिक्री गरिने जनाइएको छ । कोषले यसअघि शिव पुराण पनि नेपाली अनुवादसहित प्रकाशन गरिसकेको छ । कोषले प्रकाशन गरेका सबै पुस्तक पश्चिमढोका अघिको बिक्री कक्षमा पाइने संस्कृति महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले बताए ।

आजदेखि सुरु भएको लिङ्ग पुराण शङ्कराचार्य मठका स्वामीद्वय डा. रमणानन्द गिरी र डा केशवानन्द गिरीले वाचन गरिरहनुभएको छ । लिङ्ग पुराण महाशिवरात्रिका अवसरमा फागुन ६ गतेसम्म सञ्चालन गरिने छ । 

यस वर्षको महाशिवरात्रि पर्व फागुन ६ गते परेको छ । कोषले महाशिवरात्रिको तयारी गरिरहेको छ । यस वर्षको महाशिवरात्रिमा विशिष्ट अतिथिका रूपमा जगन्नाथपुरीस्थित गोबद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती फागुन ४ गते राजधानी आउने कार्यक्रम रहेको छ । 

महाशिवरात्रिका अवसरमा माघ २९ गते आइतबारदेखि नै कोषले पशुपति क्षेत्रको विशेष सफाइ अभियान सुरु गरेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ६ : ०२ बजे

भारतमा अनिवार्य जानुपर्छ भनी ढुङ्गामा लेखिएको छैन

नेपाल–चीन छिमेकी पाँच कुना जोडिएका पुराना घनिष्ठ र असल मित्र

बक्यौता रकम नपाएसम्म लिग नखेल्ने ‘बी’ डिभिजन क्लबको चेतावनी

काठमाडौं– शहीद स्मारक ‘बी’ डिभिजन लिगका १४ मध्ये १० क्लबले

एसएसएफको साढे पाँच वर्ष : साढे पाँच लाख पनि पुगेनन्‌ योगदानकर्ता

काठमाडौं – सामाजिक सुरक्षा कोषले योगदान रकम सङ्कलन थालेको साढे

दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराइयो

काठमाडौं – मेडिकल व्यावसायीका रुपमा चिनिने दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराइएको

पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु

 एजेन्सी – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा भएको