प्रधानमन्त्री र दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूतको भेट | Khabarhub Khabarhub

प्रधानमन्त्री र दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूतको भेट


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जङसहितको आठ जनाको टोलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सदृढ बनाउने, आर्थिक सहयोग आदानप्रदानलगायतका विषयमा महत्वपूर्ण छलफल भएको थियो ।

भेटवार्तामा इपीएसमार्फत् अझ बढी कामदार कोरिया लैजाने, दक्षिण कोरियाबाट नेपालमा प्राप्त सहयोग बढाउने विषयमा पनि छलफल भएको थियो । आगामी वर्ष नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध सुरु भएको ५० वर्ष पुग्ने भएकाले त्यसलाई भव्यताका साथ मनाउने विषयमा पनि छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ११ : ५६ बजे

अस्पताल फार्मेसीमै उपचार सामग्री व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका

मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता

काठमाडौं – गाजामा मानवीय सहयोग लिएर गएको पानी जहाजलाई इजरायली

फेवा सीमाङ्कन : पोखरा पर्यटन परिषदबाट विरोध, होटल संघ समर्थनमा

पोखरा– ‘नो लेक नो मोर लेकसाइड’ लेखिएका नारा पोखराको लेकसाइडका

राष्ट्रियसभाबाट पानी जहाज विधेयक पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक