देशमा अस्थिरता ल्याउने प्रयास भइरहेको छ : ओली « Khabarhub

देशमा अस्थिरता ल्याउने प्रयास भइरहेको छ : ओली


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता ल्याउन प्रयास भइरहेको बताएका छन्। अहिलेको सत्ता गठबन्धन भत्काउन अनेक प्रयाससमेत भइरहेको उनले उल्लेख गरे।

अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकमा अस्थिरता ल्याउन विभिन्न शक्तिले चलखेल गरिरहेको आरोप लगाए । “हामीले लिएको समृद्ध नेपाल र सुखी नेपाली राष्ट्रिय आकाङ्क्षा गलत हुन सक्दैन”, उनले भने।

अध्यक्ष ओलीले एमाले मुलुकको पालेको रुपमा रहेको उल्लेख गरे । उनले देश बनाउने विषय भएकाले राजनीति सोझो रेखामा नजाने भनाइ राखे । “देश बनाउनुपर्ने कुरा छ । सोझो रेखामा राजनीति जाँदैन । मैले अनेक उतारचढाव देखेको छु । उतारचढाव फेरि पनि आउँछन् ।” उनले भने।

अध्यक्ष ओलीले अखिललाई अनुशासित, गतिशिल र एकताबद्ध सङ्गठन बनाउन आग्रह गरे । “अखिल नेपालको विद्यार्थी आन्दोलनको मूलधार मात्र नभई राजनीतिक भूमिका खेलेको संस्था हो”, उनले भने ।

एमाले महासचिव शङ्कर पोखरेलले नेपालको राष्ट्रिय राजनीतिलाई कमजोर पार्न विदेशी चलखेल भइरहेको आरोप लगाए। एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले स्ववियु निर्वाचनसँग महाधिवेशन जोडिएकाले विद्यार्थीले जायज माग उठाउनुपर्ने बताए । एमाले केन्द्रीय सदस्य तथा अखिलका पूर्वअध्यक्ष माधव ढुङ्गेलले नेपालको राजनीतिक आन्दोलनमा विद्यार्थीले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे । अखिल अध्यक्ष सुनिता बरालले महाधिवेशलाई विद्यार्थी आन्दोलनको रुपान्तरणको रुपमा लैजाने उल्लेख गरे ।

महाधिवेशन उद्घाटन समारोहमा अखिलका वरिष्ठ उपाध्यक्ष आरसि लामिछाने, नेपाल विद्यार्थी सङ्घका नेता दिनेश शाहीलगायतले आफ्नो धारणा राख्नुभएको थियो । ‘निशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार, समृद्ध नेपाल निर्माणको आधार गुणस्तरीय शिक्षा, गतिशिल सङ्गठन र स्ववियु निर्वाचन, हाम्रो सरोकार’ नाराका साथ भइरहेको महाधिवेशनमा देशभरिबाट एक हजार पाँच सय ८८ प्रतिनिधि सहभागी छन् । महाधिवेशन सात वर्षपछि हुन लागेको हो । महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ७ : २३ बजे

सम्झौताका बाबजुद पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै : इरान

एजेन्सी– युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भए पनि तेहरानले

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

मुस्ताङ–  धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला

कोशी प्रदेशको बजेटको आकार ४० अर्ब २९ करोड ९८ लाख 

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्षको लागि ४० अर्ब २९

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक