आकाश र पूजाको ‘रामकहानी’ ले युट्युबमा कस्तो प्रतिक्रिया पायो ? « Khabarhub

आकाश र पूजाको ‘रामकहानी’ ले युट्युबमा कस्तो प्रतिक्रिया पायो ?


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – सुदर्शन थापा निर्देशित फिल्म ‘रामकहानी’ गत शुक्रवार युट्युबमा रिलिज गरियो । सिनेमा घरमा मिश्रित प्रतिक्रिया पाएको यो फिल्ममा आकाश श्रेष्ठ र पूजा शर्माको जोडी छ । एउटा फरक लभस्टोरी भनिएको यो फिल्म एक विदेशी फिल्मको कथाबाट प्रभावित छ ।

पूजा र आकाशको शीर्ष भूमिका रहेको फिल्ममा केदारप्रसाद घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराज पौडेल, शिशिर राना लगायतका कलाकारको समेत अभिनय रहेको छ ।

हालै युट्युबमार्फत सार्वजनिक गरिएको फिल्म हेरेर धेरै दर्शकले यो फिल्म मन परेको प्रतिक्रिया दिएका छन् । विदेशमा रहेर युट्युबमार्फत फिल्म हेर्ने प्रायः दर्शकले ‘रामकहानी’ मन परेको प्रतिक्रिया दिएका छन् । सनम शर्माले लेखेकी छिन्, ‘ल है, आकाश र पूजाको फिल्मले मन छोयो, अन्तिममा बेसरी रुवायो, एकदम राम्रो छ ।’

‘यो फिल्मले मन छोयो, आँखाबाट आँसु पनि आयो, धेरै राम्रो फिल्म,’ एक प्रयोगकर्ताको प्रतिक्रिया छ । यस्तै अर्को एउटा प्रतिक्रिया छ, ‘एकदमै मन छुने फिल्म, मैले यसअघि कुनै पनि फिल्ममा यसरी कमेन्ट गरेको थिइन, फिल्म टिमलाई धेरै धेरै माया ।’

युट्युबमा धेरैले ‘रामकहानी’ ले मन छोएको, रुवाएको र कथा स्तरीय भएको भन्दै तारिफ गरेका छन् । धेरैजसोले फिल्म मन परेको प्रतिक्रिया दिएका छन् । प्रतिक्रिया दिनेमा धेरैले आफूहरु विदेशमा रहेर नेपाली फिल्म हेरिरहेको बताएका छन् ।

यद्यपि यो फिल्म युट्युबको ट्रेन्डिङमा भने पछि परेको छ । सोही दिन रिलिज भएको नेपाली फिल्म ‘फाटेको जुत्ता’ र दक्षिण भारतीय फिल्महरु ‘रामकहानी’ भन्दा शीर्ष स्थानमा छन् ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  १२ : ५८ बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत