प्रधानमन्त्री प्रचण्डसँग भारतीय सचिवको दोस्रो भेट गोप्य  « Khabarhub

प्रधानमन्त्री प्रचण्डसँग भारतीय सचिवको दोस्रो भेट गोप्य 


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई-दुई पटक भेट गरी भारतीय विदेश सचिव विनय मोहन क्वात्रा स्वदेश फर्केका छन्।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल–भारत सचिवस्तरीय बैठकमा सहभागी हुन आएका सचिव क्वात्राले प्रधानमन्त्री प्रचण्डसँग दुई  पटक भेट गरेका हुन्। पहिलो पटक १ फागुनमा औपचारिक भेट गरेका क्वात्राले भोलिपल्ट साँझ बालुवाटारमा अनौपचारिक भेट गरेका थिए। मंगलबार साँझको भेटमा के छलफल भयो भन्ने खुल्न सकेको छैन । सो भेटलाई बालुवाटारले गोप्य राखेको छ।

नेपाल भारत सचिव स्तरीय वार्ताका लागि आएका भनिए पनि विदेश सचिव क्वात्राले दुई दिनमा नेपालका १४ जना नेतालाई भेटघाट गरेका छन्।

राष्ट्रपति निर्वाचनमा सत्तारुढ दल र प्रतिपक्ष दलबीच सहमति हुन नसकिरहेको बेला विदेश सचिव क्वात्राले संघीय संसदका ठुलादेखि साना दलसम्मका नेताहरूसँग गरेको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ। मुख्यतः राष्ट्रपतिको निर्वाचन र सत्तारुढ गठबन्धनका भविष्यका बारेमा उनले चासो व्यक्त गरेका थिए।

सबैजसो राजनीतिक दलका नेतासँग सो बारेमा चासो व्यक्त गरेका विदेश सचिव क्वात्राले अन्तिममा प्रधानमन्त्री प्रचण्डसँग ‘अनअफिसिअल’ भेट गर्नु रहस्य बनेको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ८ : १३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना