गण्डकी प्रदेशसभा : प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पारित « Khabarhub

गण्डकी प्रदेशसभा : प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पारित


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशसभाको आजको बैठकले केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले विधेयकलाई पारित गरियोस् भन्दै गरेको प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको हो ।

त्यसअघि विधेयकमाथिको दफावार छलफलमा सदस्य भीमबहादुर कार्की, अशोककुमार श्रेष्ठ, सुशीला सिंखडा,  विन्दु अधिकारी पहाडी र जीतबहादुर शेरचनले भाग लिएका थिए । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले ऐनहरू संशोधन गर्नुपर्ने आवश्यकता रहेकाले विधेयक ल्याइएको बताउँदै प्राप्त सुझावलाई आत्मसात् गर्दै अघि बढिने बताए ।

यसअघिका प्रदेशसभाका बैठकमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै कृषि, ऊर्जा तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङले गण्डकी प्रदेशमा शुद्ध खानेपानीको पहुँच घरघरमा पुग्ने गरी काम भइरहेको बताए । प्रदेशभित्रका नदी कटानको समस्या समाधान गर्न लागि मन्त्रालयको ध्यानाकर्षण भएको उहाँले उल्लेख गरे।

आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले प्रदेश सरकारको पुँजीगत खर्च सुधारोन्मुख रहेको बताए । विकासका काममा एकमतका साथ अघि बढ्ने उनको भनाइ छ । सभाको अर्को बैठक फागुन ८ गते दिनको २ बजे बस्नेछ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ६ : ३२ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज