वायु प्रदूषणका कारण हरेक वर्ष नेपालमा ४२ हजारको मृत्यु हुन्छ « Khabarhub

वायु प्रदूषणका कारण हरेक वर्ष नेपालमा ४२ हजारको मृत्यु हुन्छ



काठमाडौँ- विश्व स्वास्थ्य संगठन डब्ल्युएचओको तथ्याङ्कअनुसार हरेक वर्ष ७० लाख मानिसले वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण ज्यान गुमाउने गरेका छन् । वायु प्रदूषणले फोक्सो, मुटु रोग, मस्तिष्क रोग, श्वास प्रश्वास र रक्तनलीसँगै सम्पूर्ण शरीरमा नै असर गर्दछ ।

विभिन्न रासायनिक पदार्थ, धुवाँ, धुलो आदि हावामा मिसिन गई हावा दूषित हुनु वा स्वच्छ हावामा विविध कारणहरूले परिवर्तन आई मानव वा कुनै प्राणीको स्वास्थ्यमा नकारात्मक असर पार्नु वायु प्रदूषण हो ।

डब्ल्युएचओले वायु प्रदूषण पहिले अनुमान गरिएभन्दा धेरै गुणा खतरनाक रहेको निष्कर्ष सार्वजनिक गरेको छ ।

अहिले वातावरणमा रहेको नाइट्रोजन डाइअक्साइडले मानिसलाई असुरक्षित बनाएको छ । डब्ल्युएचओको तथ्याङ्कअनुसार हरेक वर्ष वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण ७० लाख मानिसको मृत्यु हुने गरेको छ ।

काठमाडौँ विश्वको प्रदूषित सहरको सूचीमा पर्दछ । उपत्यकामा बढ्दो वायु प्रदूषणका कारण सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको छ ।

काठमाडौँ उपत्यकामा सडक विस्तार, बढ्दो सवारी सङ्ख्या तथा सवारी चाप, धुलो, धुवाँ लगायतका वायु प्रदूषणका कारण दिन प्रतिदिन जनजीवन कष्टकर बन्दै गएको विज्ञहरू बताउँछन् ।

चिसो मौसममा पानी पर्न बन्द हुन्छ र पानी नपर्दा वातावरणमा भएको प्रदूषण, बाहिर भएका फोहोर यत्रतत्र पुग्छन् । पानी पर्याे भने पानीले फोहोर पखाल्छ ।

नेपालमा वर्षेनी करिब ४२ हजार मानिसको वायु प्रदूषणको कारणले ज्यान जाने विभिन्न अध्ययनले देखाएका छन् । त्यसैले प्रदूषणबाट बच्नुपर्ने विज्ञहरु बताउँछन् ।

वायु प्रदूषण हुने कारणहरु

-अत्यधिक मात्रामा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनबाट निस्किएको धुँवाले

-सही तरकाले फोहोरमैला व्यवस्थापन नगर्दा

-ठूला तथा साना विकास निर्माणका क्रममा निस्किएको धुलोबाट

-इँटाभट्टा वा धुवाँजन्य कलकारखाना मानव बस्ती नजिकै हुँदा

वायु प्रदूषणले स्वास्थ्यमा पार्ने असरहरु

-वायु प्रदूषणले फोक्सो, मुटु रोग, मस्तिष्क रोग, श्वास प्रश्वासमा र रक्तनलीदेखि लिएर सम्पूर्ण शरीरमा नै असर गर्छ

-छाला र आँखा चिलाउने हुन्छ

-खोकी लाग्ने, ह्याच्छ्युँ आउने हुन्छ

-फोक्सोको क्यान्सर

-क्यान्सर र मस्तिष्कघातको जोखिम

-एलर्जी

-छातीको समस्या, छाती घ्यारघ्यार हुने

-निमोनिया

यस्ता छन् वायु प्रदूषणबाट बच्ने उपायहरु–

-दैनिक रुपमा घर बाहिर निस्किँदा मास्कको प्रयोग गर्ने

-घरभित्र धेरै धुवाँ निस्कने दाउरा गुइँठाको प्रयोग नगर्ने

-चिसो मौसममा बन्द कोठाभित्र हिटरको प्रयोग नगर्ने

-खोलानाला, नदी ताल, सडकको गल्ली जस्ता ठाउँमा फोहोरमैला नफाल्ने

-बिहान र बेलुका बिनामास्क मर्निङवाक र इभिनिङवाक नगर्ने

-बाहिरका फलफूल र तरकारीलगायतका खानेकुरा राम्ररी धोएर/पखालेर मात्र खाने

– प्रस्तुति पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ७ : ०० बजे

‘सुनसरी गोलीकाण्डको नैतिक र राजनैतिक जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ’

काठमाडौं– जेन-जी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीको देवानगञ्जमा आइतबार

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र

भद्रपुर– जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका