मधेस प्रदेशसभाको बैठक आज बस्ने, विभिन्न विषयगत समिति गठन « Khabarhub

मधेस प्रदेशसभाको बैठक आज बस्ने, विभिन्न विषयगत समिति गठन


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेस प्रदेशसभाको बैठक आज बस्ने भएको छ। बैठक बिहान ११ बजे सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ।

यसअघि मंगलबार बसेको बैठकले विभिन्न विषयगत समिति गठन गरेको थियो। सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १३ बमोजिम कार्यव्यवस्था तथा परामर्श समिति र नियमावलीको नियम १४६ बमोजिम विभिन्न विषयगत समिति गठनका लागि राखेको प्रस्ताव बैठकले पारित गरेको थियो।

प्रदेशसभा बैठकमा पेश हुने विषयको प्राथमिकता, समयावधिको निर्धारणणलगायत बैठकलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्ने सम्बन्धमा र सभामुखले आवश्यक ठहर्‍याएका अन्य विषयमा परामर्श गर्न गठन गरिने कार्यव्यवस्था तथा परामर्श समितिमा लखनदास तत्मा, हरिनारायण महतो, कुमारकान्त झा, जिवछीकुमारी यादव, रामअशिष यादव, चन्दनकुमार सिंह, रानीकुमारी तिवारी, रत्नेश्वर गोइत यादव, कञ्चन विछा, विमला अन्सारी तरन्नुम, उर्मिलादेवी सिंह रहनुभएको र नेकपा (माओवादी केन्द्र) बाट नाम आउन बाँकी रहेको सभामुखले जानकारी दिएका थिए

त्यसैगरी प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १४६ बमोजिम विभिन्न विषयगत समितिसमेत गठन गरिएको छ । जसअनुसार सार्वजनिक लेखा समितिमा अभिराम शर्मा, उपेन्द्र महतो, कनिश पटेल, भन्दनकुमार सिंह, जनार्दनसिंह क्षेत्री, मञ्जुकुमारी थापामगर, मनिसकुमार सुमन, युवराज भट्टराई, रामअशिष यादव, रेखा ठाकुर, लखन दास तत्मा, शङ्करप्रसाद चौधरी, शेषनारायण यादव र हरिनारायण महतो रहनुभएको छ ।

अर्थ तथा योजना समितिमा जङ्गीलाल राय, जैनव खातुन, दीपेन्द्रकुमार ठाकुर, प्रमोदकुमार यादव, फुलोकुमारी देवी, मालाकुमारी कर्ण, राजकुमार गुप्ता, रामबाबु यादव, श्यामप्रसाद पटेल, सञ्जयकुमार महतो, सकिल मियाँ र सतिशकुमार सिंह छन्।

त्यसैगरी कृषि तथा भूमि व्यवस्थापन समितिमा सरिताकुमारी साह, कौशलकिशोर राय, निलमकुमारी रजक, पलटीदेवी महरा, पल्टीदेवी यादव, बच्चा राउत अहिर, मोहम्मद रजी हैदर, मोहम्मद समिम, रमेशप्रसाद कुर्मी, लक्ष्मी देवी, शहिदा खातुन, सारदादेवी थापा र उर्मिलादेवी सिंह रहने भएका छन्।

प्रदेश मामिला समितिमा कृष्णप्रसाद यादव, जिवछीकुमारी यादव, त्रिलोकी प्रसाद, भरतप्रसाद साह, रमिता प्रधान, राजपतिदेवी जयसवाल, लालबाबु राउत, वीरेन्द्रप्रसाद सिंह, बेची लुङ्गेली, सरोजकुमार सिंह र हसिना खातुन, प्राकृतिक स्रोत तथा वातावरण समितिमा इन्दुकुमारी साह, गोविन्दबहादुर न्यौपाने, जितेन्द्रप्रसाद सोनार, त्रिभुवन साह, देवनारायण थारु, नागेन्द्र साह, नरुन नेसा, मनोजकुमार सिंह, विन्दुकुमारी यादव, सारदा दास पहाडी र ममतादेवी मण्डल छन्।

त्यसैगरी महिला बालबालिका तथा सामाजिक न्याय समितिमा अञ्जना पण्डित, अनिरुद्रकुमार सिंह, किरण कुमारी, किशोरी देवी, कुमरकान्त झा, जयचन्द्रप्रसाद पटेल, फकिरा महतो, भाग्यश्रीकुमारी चौधरी, मञ्जुकुमारी मण्डल, रानीकुमारी तिवारी, रुपाकुमारी यादव, ललिता दास, विनादेवी शर्मा र सकुन्ती देवी चयन भएका छन्।

विकास समितिमा शारदाशङ्करप्रसाद कलवार, कञ्चन विछा, जयनुल रायन, जवाहरलाल कुशवाह, प्रमोदकुमार जयशवाल, शोभा देवी, मोहम्मद समिर, मीनाकुमारी लामा, रत्नेश्वर गोइत यादव, रवीन्द्रदास श्रेष्ठ, राजेन्द्रप्रसाद चौधरी थारु, रामसरोज यादव, शम्भुकुमार साह, सुनिलकुमार यादव र विमला अन्सारी तरन्नुम रहेका छन्।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ६ : ५३ बजे

परराष्ट्रमन्त्री खनालसँग स्विट्जरल्यान्डकी राजदूत मेउलीको शिष्टाचार भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत

नेपाली कांग्रेसको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी

काठमाडौँ – नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी

बेत्रावती–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’