ग्यास सिलिण्डर विस्फोट हुँदा कांग्रेस नेता चन्द्र भण्डारी घाइते, आईसीयूमा उपचार हुँदै | Khabarhub Khabarhub

ग्यास सिलिण्डर विस्फोट हुँदा कांग्रेस नेता चन्द्र भण्डारी घाइते, आईसीयूमा उपचार हुँदै


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-(खाना पकाउने) एलपी ग्यास सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी गम्भीर घाइते भएका छन्।

बुद्धनगरस्थित निवासमा गएराति ग्यास सिलिण्डर विस्फोट हुँदा भण्डारीसँगै उनकी ८६ वर्षकी आमा पनि घाइते भएको कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।

हाल उनीहरुको कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ। भण्डारीको शरीरको केही भाग र आमाको करिब ७० प्रतिशत शरीर जलेको चिकित्सकले बताएका छन्।

राति साढे १ बजे कीर्तिपुरस्थित बर्न सेन्टर पुगेर भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताउँदै शर्माले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ७ : ३० बजे

गोरखामा आलु मेला : विजेतालाई तीन पाथी आलु पुरस्कार

गोरखा – धार्चे गाउँपालिका-५ गुम्दामा विगत वर्षमा झैँ यस वर्ष

इतिहासमा आधारित रहेर कला र संस्कृतिलाई अगाडि बढाउनुपर्छः सभामुख घिमिरे

ललितपुर – सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले इतिहासमा आधारित

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ ८ गते आइतबार। भाद्र

आज २०८२ साल भदौ ८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ८ गते आइतबार। भाद्र