कांग्रेस सांसद भण्डारीको शल्यक्रिया आज गरिने « Khabarhub

कांग्रेस सांसद भण्डारीको शल्यक्रिया आज गरिने


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको आज शल्यक्रिया हुने भएको छ ।

बुधवार राति खाना पकाउने एलपी ग्याँस लिक भएका कारण दुर्घटनामा परेका सांसद भण्डारीको आज मुम्बई अस्पतालमा शल्यक्रिया हुन लागेको हो ।

मुम्बईस्थित नेपाली अगुवा शालिग्राम तिवारीका अनुसार वरिष्ठ चिकित्सकहरूको टिमले भण्डारीको स्वास्थ्य उपचार सुरु गरेको छ ।

हिजो भारत पुगेका भण्डारीको स्वास्थ्यवस्था हाल स्थिर रहेको सँगै रहेका चिकित्सकहरूले बताएका छन्।

सोही दुर्घटनामा परी घाइते भएकी उनकी आमाको बिहीबार बिहान काठमाडौँको कीर्तिपुर अस्पतालमा निधन भइसकेको छ।

सिभिल अस्पताल हुँदै कीर्तिपुरस्थित बर्न अस्पतालमा पुर्‍याइका सांसद भण्डारीको उपचार नेपालमा सम्भव नहुने भनिए पछि एअर एम्बुलेन्समार्फत थप उपचारका लागि मुम्बई लगिएको हो।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ७ : ३४ बजे

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति