बार्सिलोना र म्यानचेस्टर युनाइटेडको बराबरीमा | Khabarhub Khabarhub

बार्सिलोना र म्यानचेस्टर युनाइटेडको बराबरीमा


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोपा लिगअन्तर्गत नकआउट चरणको पहिलो लिगमा बार्सिलोना र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन्। बिहीबार राति क्याम्प नाउमा भएको खेलमा बार्सिलोना र युनाइटेडले २–२ गोलको बराबरी खेलेका हुन् ।

पहिलो हाफ गोलरहित बराबरीमा रहँदा दोस्रो हाफमा भने खेल रोमाञ्चक बनेको थियो । ५०औं मिनेटमा मार्कस अलन्सोले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए तर युनाइटेडका मार्कुस रासफोर्डले ५२औं मिनेटमा गोल फर्काउँदै खेललाई ११ गोलको बराबरीमा ल्याउन सफल भए।

तर, खेलको ५९औं मिनेटमा बार्सिलोनाका जुल्स कुन्डेले आत्मघाती गोल गरेपछि युनाइटेड २–१ ले अघि रह्यो भने ७६ औं मिनेटमा बार्सिलोनाका राफिन्हाले गोल गर्दै खेललाई २–२ को स्थितिमा ल्याएर बराबर बनाए ।

दुई टोलीबीचको दोस्रो लेग फेब्रुअरी २४ मा, युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा हुनेछ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ६ : ०३ बजे

निजी मेडिकल कलेजमा सिट संख्या बढाउने आयोगको निर्णयप्रति स्वास्थ्यकर्मीको आपत्ति  

काठमाडौं– चिकित्सा शिक्षा आयोगले गरेको निजी मेडिकल कलेजमा एमबीबीएस र

विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक : गृहमन्त्री 

काठमाडौं– गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापनका सबै चरणमा अन्तर्राष्ट्रिय एवं

ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

भद्रपुर– दमक नगरपालिका–७ पशुडाँडास्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक

पुटिनसँग भेट गर्ने जेलेन्स्कीको इच्छा

काठमाडौं- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्ध अन्त्य गर्न आफ्ना रूसी

हेटौँडा–काठमाडौँ सडक पूर्ण रूपमा सञ्चालनमा

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–भिमफेदी–सिस्नेरी–काठमाडौँ सडक सञ्चालनमा आएको छ ।  उक्त