सेना दिवसमा भारतीय सेनाका पाँच पूर्व प्रमुख नेपाल आउँदै « Khabarhub

सेना दिवसमा भारतीय सेनाका पाँच पूर्व प्रमुख नेपाल आउँदै


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सेना दिवसको अवसरमा काठमाडौँमा हुन लागेको विशेष कार्यक्रममा सहभागी हुन भारतीय सेनाका ५ पूर्व प्रमुख नेपाल आउने भएका छन्।

काठमाडौं, टुँडिखेलमा भोलि हुने विशेष कार्यक्रममा सहभागी हुन भारतीय सेना प्रमुखहरू नेपाल आउन लागेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

शिवरात्रिका बेला हुने नेपाली सेनाको स्थापना दिवसमा सहभागी हुन भारतीय सेनाका पूर्व प्रमुखहरूलाई आमन्त्रण गरिएको छ । जसअनुसार मनोजमुकुन्द नरभणे, दलबीर सिंह सुहाग, दीपक कपुर, जोगिन्दर सिंह र वीश्वनाथ शर्मा नेपाल भ्रमणमा आउने सुनिश्चित भएको छ ।

नेपाली सेना दिवस हरेक शिवरात्रिको दिनमा मनाउने गरिन्छ । यो वर्ष शिवरात्रि फागुन ६ गते परेको छ। हरेक वर्ष महाशिवरात्रिको दिन सेना दिवस मनाइन्छ। यो पटक नेपाली सेना स्थापनाको २६० वर्ष पुगेको उपलक्ष्यमा विशेष कार्यक्रमहरू गर्न लागिएको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ८ : ११ बजे

१३ सय ४१ शव भेटिँदा ९८ जनाको मात्रै सनाखत

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बाढी गएको १२ दिन बितिसक्दा समेत

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।