भारतका पाँच पूर्वसेनाप्रमुख काठमाडौँ आइपुगे « Khabarhub

भारतका पाँच पूर्वसेनाप्रमुख काठमाडौँ आइपुगे


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सेना दिवसको अवसरमा काठमाडौँमा हुन लागेको विशेष कार्यक्रममा सहभागी हुन भारतीय सेनाका ५ पूर्व प्रमुख काठमाडौँ आइपुगेका छन्।

टुँडिखेलमा भोलि हुने विशेष कार्यक्रममा सहभागी हुन भारतीय सेना प्रमुखहरू काठमाडौँ आइपुगेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले खबरहबलाई जानकारी दिएका छन् ।

जसअनुसार मनोजमुकुन्द नरभणे आज बिहान काठमाडौँ आइपुगेका हुन्। चार जना पूर्वसेनाध्यक्ष दलबीर सिंह सुहाग, दीपक कपुर, जोगिन्दर सिंह र वीश्वनाथ शर्मा हिजै आइपुगेका थिए । भारतका सबै सेनाध्यक्षलाई निम्तो दिए पनि नेपाली मानार्थ महारथीको दर्जा पाएका पाँच जना मात्रै काठमाडौं आएको भण्डारीले बताए।

सैनिक मुख्यालयमा भारतीय सेनाअध्यक्षहरुसँग नेपालका पूर्वप्रधानसेनापतिहरु र वर्तमान प्रधानसेनापतिबीच औपचारिक छलफल हुने कार्यक्रम पनि छ। सेना दिवसको अवसरमा सैनिक मञ्च टुडिखेलमा भोलि पहिलो पटक ५ सय ५५ जनाको मादल प्रस्तुति दिएर वर्ल्ड बुक अफ रेकर्डमा नाम लेखाउने तयारी छ।
सेना दिवसको अवसरमा भारत र बेलायतका सैनिकको ब्याण्ड डिस्प्ले हुने भण्डारीले बताए।

हरेक वर्ष महाशिवरात्रिको दिन नेपालमा सेना दिवस मनाइन्छ। यो पटक नेपाली सेना स्थापनाको २६० वर्ष पुगेको उपलक्ष्यमा विशेष कार्यक्रमहरू गर्न लागिएको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ९ : ३३ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच