अन्तर्राष्ट्रिय विवाद समाधानमा आइओएमइडी प्रभावकारी : चीन « Khabarhub

अन्तर्राष्ट्रिय विवाद समाधानमा आइओएमइडी प्रभावकारी : चीन


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – चिनियाँ विदेशमन्त्री छिन गङले विधिको शासन प्रवद्र्धन तथा विश्व हितका लागि अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन (आइओएमइडी) प्रभावकारी मञ्च बन्नुपर्नेमा जोड दिएका छन्। सङ्गठनको हङकङ कार्यालयको उद्घाटन समारोहलाई भिडियोमार्फत सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय विवादको शान्तिपूर्ण समाधानमा मञ्च क्रियाशील हुने विश्वास व्यक्त गरे।

मध्यस्थताको माध्यमबाट अन्तर्राष्ट्रिय विवादहरूको समाधान गर्न समर्पित विश्वको पहिलो अन्तरसरकारी संस्था आइओएमइडी संयुक्त राष्ट्रसङ्घको बडापत्रमा उल्लेखित अन्तर्राष्ट्रिय विवाद शान्तिपूर्ण माध्यमबाट समाधान गर्ने सिद्धान्तको अभ्यास महत्वपूर्ण निकाय भएको चिनियाँ विदेशमन्त्रीले बताए। आइओएमइडी विश्वसनीय एवम् व्यावसायिक संस्था हुनुपर्नेमा पनि उनले जोड दिए।

पारस्परिक सम्मानको सिद्धान्तलाई आत्मसात गर्दै सन्तुलित विकास, व्यापक परामर्श र संयुक्त योगदानको आधारशिलामा उभिएर खुलापन एवम् समावेशीताको भावनालाई कायम राख्न आइओएमइडी सक्रिय हुनुपर्ने सुझाव विदेशमन्त्री छिनले दिए। विकासोन्मुख देशहरूको सहभागिता बढाउन तथा ती देशका मध्यस्थकर्तालाई तालिम दिन, अन्तर्राष्ट्रिय विवाद समाधान संयन्त्रलाई न्यायपूर्ण र सबैका लागि लाभदायक बनाउने काम गर्न उनले आग्रह गरे।

समारोहमा इन्डोनेसिया, पाकिस्तान, लाओस, कम्बोडिया, सर्बिया, बेलारुस, सुडान, अल्जेरिया र जिबुटीलगायत आइओएमइडीको स्थापना सम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका देशका प्रतिनिधि सहभागी थिए।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ११ : ३० बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच