कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ « Khabarhub

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

धनगढी– कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले तीन जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार चरेस तथा लागूऔषधसहित उनीहरु पक्राउ गरेको हो ।

बिहीबार इलाका प्रहरी कार्यालय, गुलरियाको समूहले कृष्णपुर नगरपालिका वडा नम्बर ४ का बलवीर भट्टलाई ४१ ग्राम चरेससहित पक्राउ गरेको हो । उनको पसलबाट चरेस बरामद गरेको प्रहरीले बताएको छ । 

शुक्रबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको कुकुरसहितको प्रहरी समूहले जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ९ का पुकार पाण्डे र भीमदत्त नगरपालिका वडा नम्बर ६ का प्रेमराज जोशीलाई लागूऔषधसहित पक्राउ गरिएको हो । 

प्रहरीका अनुसार सु.प.प्र. ३७४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट दुई दशमलव ३० ग्राम चरेश, एक थान कोरेम्स सिसि, दश थान स्पास फेला परेको हो । 

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ७ : ४० बजे

एमबीएस परीक्षाको प्रश्नपत्र व्हाट्सएपमा सार्वजनिक गर्ने एक जना पक्राउ

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम

भारतीय जेलमा रहेका नेपाली किसानको रिहाइका लागि पहल गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले भारतको जेलमा रहेका दुई नेपाली किसानको

भारतले जिम्बाब्वेलाई दियो १९३ रनको लक्ष्य

काठमाडौं – युवा ब्याटर वैभव सूर्यवंशीको उत्कृष्ट ८१ रनको इनिङ्सको

कक्रोच आन्दोलनपछि भारतको राजनीति अब कता मोडिएला ?

काठमाडौं- भारतको राजनीतिमा विगत एक दशकभन्दा लामो समयदेखि प्रधानमन्त्री नरेन्द्र