कुवेतमा नेपाली घरेलु उत्पादन सामग्रीको स्टल  « Khabarhub

कुवेतमा नेपाली घरेलु उत्पादन सामग्रीको स्टल 


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दोहा – कुवेतमा नेपाली घरेलु उत्पादनका सामग्रीहरूको स्टल राखिएको छ।

कुवेतको राष्ट्रिय दिवस एवं पर्वको शुभ-अवसर पारेर कुवेतको डिप्लोम्याटिक कोर्प्सले कुवेत सिटीको रुमैथियामा “राष्ट्रिय दिवस र सम्पदा प्रदर्शनी (९६५) ” को ब्यानरमा यही १४-१६ फेब्रुअरी २०२३ मा आयोजना गरेको प्रदर्शनीमा नेपाली हस्तकला, घरेलु उत्पादनका निर्यातयोग्य सामग्री एवं पर्यटकीय महत्त्वका प्रवर्द्धनात्मक सामग्री राखेको नेपाली दूतावासले जनाएको छ।

दूतावासका अनुसार तीन दिनसम्म सञ्चालन भएको प्रदर्शनीमा करिब दुई दर्जन दूतावासहरू तथा स्थानीय कलासँग सम्बन्धित सामग्री उत्पादकहरूले आ-आफ्ना उत्पादन र कला प्रस्तुत गरेका थिए।

प्रदर्शनी कक्षको अवलोकन गर्न आउने महानुभावहरूलाई नेपाली हस्तकला तथा घरेलु उत्पादनका सामग्री लगायत नेपालको पर्यटकीय महत्त्वका गन्तव्य एवं उत्पादनहरू बारे जानकारी दिइएको थियो।

प्रवर्द्धनात्मक कार्यक्रममा नेपाली दूतावासको सहभागिताले नेपालको पर्यटन क्षेत्र एवं सामाजिक-सांस्कृतिक वैभवता एवं विविधता लगायत केही हदसम्म नेपाली उत्पादनको स्थानीय बजारमा प्रचार प्रसारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसअघि पनि दूतावासले कुवेतको स्वतन्त्रता तथा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाली मौलिक संस्कृति झल्काउने पोसाक, नेपाली खाना, नेपाली घरेलु उत्पादनका सामग्रीहरू, निर्यातयोग्य वस्तुहरू, पर्यटन प्रवर्द्धनसँग सम्बन्धित सामग्री सहितको स्टल राखी कार्यक्रममा सक्रिय सहभागिता जनाएको थियो।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ९ : १८ बजे

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई