५० लाख पुरस्कारको ‘नेपाल लोक स्टार’ को तयारी पूरा, अडिसन कहिले ? « Khabarhub

५० लाख पुरस्कारको ‘नेपाल लोक स्टार’ को तयारी पूरा, अडिसन कहिले ?


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्को वर्षदेखि प्रसारण गर्ने गरी शुरु हुन लागेको ‘नेपाल लोक स्टार’ को तयारी अन्तिम चरणमा पुगेको छ । संयोजक सहदेव कोइरालाले लोक स्टारका लागि पूरा तयारी भइसकेको जानकारी दिए ।

‘नेपाल आइडल’ तथा ‘द भ्वाइस अफ नेपाल’ जस्ता रियालिटी शो नेपालमा सफल भएपछि यस्तै खालका अन्य रियालिटी शो पनि आउने कार्यक्रम जारी छ । संयोजक पौडेलले नेपालमा लोक संगीतको इतिहासमा यति ठूलो रियालिटी शो पहिलोपटक हुन थालेको जानकारी दिए ।

‘लुकेर रहेका प्रतिभाले नेपाली लोकगीतमा मात्र गाउन पाउने गरी हामीले प्लेटफर्म दिन लागेका हौँ, तयारी लगभग पूरा भइसकेको छ’, संयोजक कोइरालाले भने, ‘लोकगीतलाई धेरैले बिर्सिन लाग्नुभयो भनेर पनि हामीले यस्तो कार्यक्रमको आयोजना गर्न लागेका हौँ ।’

तस्वीर – निर्माण टिम

यो कार्यक्रम झण्डै नेपाल आइडलको शैलीमा हुनेछ । कार्यक्रमको उत्पादन पनि सोही टिमले गर्ने भएको छ । असार १ गतेदेखि एपीवान टेलिभिजनबाट शुरु हुने यो कार्यक्रम असोज १४ गते फाइनल हुनेछ ।

पहिलो हुने लोक स्टारले रुपैयाँ ५० लाख नगद जित्नेछन् भने दोस्रो हुनेले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । यस्तै प्रतिस्पर्धामा तेस्रो हुनेलाई १० लाख नगद दिने टिमले जनाएको छ ।

प्रतिस्पर्धाका लागि आयोजकले पहिलो चरणमा अडिसन लिनेछ । संयोजक कोइरालाका अनुसार धनगढी अडिसन फागुन १६ गते हुनेछ भने फागुन २२ गते सुर्खेतमा, फागुन २८ गते बुटवलमा, चैत्र ४ गते पोखरामा, त्यस्तै चैत्र २२ गते काठमाडौंमा र चैत्र ११ गते विराटनगरमा अडिसन हुनेछ ।

यो रियालिटी शो लाई चाहना मिडिया प्रालिले आयोजना गर्न लागेको हो ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ५ : २० बजे

शीतलहरबाट पठनपाठनमा समस्या

महोत्तरी– शीतलहरबाट स्थानीयवासी प्रभावित हुन थालेपछि यहाँका स्थानीय तहले धमाधम विद्यालय

‘म्यान अफ द गोरखा’ दौडको उपाधि नेपाली सेनाका रोकायलाई

गोरखा – गोरखामा आयोजित ‘म्यान अफ द गोरखा’ दौड प्रतियोगिताको

हलेसीमा भक्तको भीड (फोटो फिचर)

काठमाडौं – खोटाङ जिल्लामा रहेको प्रसिद्ध हलेसी महादेवको दर्शन गर्न

नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने, पूर्वसांसद र मन्त्रीलाई नराख्‍ने

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक सूचीमा नयाँ अनुहारलाई

मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

मुस्ताङ – यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले