जीतका लागि भारतीय ब्याट्सम्यानलाई उत्कृष्ट साझेदारीको आवश्यकता « Khabarhub

जीतका लागि भारतीय ब्याट्सम्यानलाई उत्कृष्ट साझेदारीको आवश्यकता


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा न्यूजिल्यान्डले दिएको २४० रनको विजयी लक्ष्य पछ्याइरहेको भारतले कमजोर शुरुवात गरेको छ ।

ओल्ड ट्राफोर्डमा भइरहेको खेलमा यो समाचार तयार गर्दासम्म भारतले ३३ ओभर खेल्दा ६ विकेट गुमाएर १०६ रन बनाएको छ ।
सेफिाइनल खेलमा तुलनात्मक रुपमा सामान्य लक्ष्य पएको भारतको खेलमा अप्रत्यासित क्षय भएको छ । जसमा भारतले ओपनिङ ब्याट्समान द्वय केएल राहुल, रोहित शर्मा र विराट कोहलीलाई समान एक–एक रनमा गुमायो ।

शुरुवातमै ३ विकेट गुमाएको भारतका लागि रिसव पन्त्ले ब्याटिङ इनिङ्स समाल्ने प्रयास गरेपनि उनी ३२ रनमा आउट भएभने हार्दीक पाण्ड्या पनि लयमा फर्किरहँदा ३२ रनमै पभेलियन फर्किएका छन् । यसअघि दिनेश कार्तिक ६ रनमात्रै बनाएर आउट भएका थिए ।

ताजा अवस्थामा भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनी १४ रन बनाएर खेलिरहेका छन् भने उनलाई ९ रन बनाएर रविन्द्र जडे्जाले साथ दिइरहेका छन् ।

अब भारतको जितका लागि यी दुई खेलाडीबीचको साझेदारी लम्बिनु पर्छ । त्यसो हुन नसकेमा यी दुई मध्ये एक जना खेलाडी अविजित रहँदै उत्कृष्ट ब्याटिङ गर्दै टिमको जितका लागि शतकिय इनिङ्स खेल्नु पर्छ । यद्यपी न्यूजिल्यान्ड भारतमाथि हावी भइसकेको छ । भारतविरुद्ध माट्टी हेनरीले ३ विकेट लिँदा मिचेल स्यान्टनरले २ विकेट र ट्रेन्ट बोल्टले एक विकेट लिएका छन् ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ६ : १८ बजे

नेपालगञ्जको इँटा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा

आजको मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने