मनाङकी मनुद्वारा माउन्ट अकान्कागुवा आरोहण « Khabarhub

मनाङकी मनुद्वारा माउन्ट अकान्कागुवा आरोहण


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मनाङ- हिमाली जिल्ला मनाङकी मनु गुरुङले माउन्ट अकान्कागुवाको सफल आरोहण गरेकी छिन्।

अर्जेन्टिनाको मन्डोजा प्रदेशमा रहेको ६ हजार नौ सय ६० मिटर अग्लो हिमाल चढ्न उनी फेब्रुअरी १ मा त्यसतर्फ गएकी थिइन् । दक्षिण अमेरिकी महादेशको यो सबैभन्दा अग्लो हिमाल हो । नासों गाउँपालिका–७ की गुरुङ लामो समयदेखि पर्वतीय पर्यटनमा आबद्ध रहेर पर्वतारोहणमा भाग लिँदै आएकी छिन् ।

उनले यसअघि नै अन्नपूर्ण क्षेत्रको टेन्ट, चुलु पश्चिम, अन्नपूर्ण चौथो, मिरा, आइल्यान्ड, फोकाल्दे, लोबुचे र धम्पुस पिकको सफल आरोहण गरिसकेकी नासों गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए। उनका अनुसार माउन्टेन ‘वुमन अफ द वल्र्ड’ नेटवर्क नामक संस्थाले विभिन्न देशका १५ जना महिलालाई आरोहणमा सघाएको हो । आरोहणमा गएकामध्ये नौ जनाले मात्रै हिमाल आरोहण गर्न सफल भएको बताइएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ३ : ३६ बजे

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,

चोरीका सामान र नगदसहित चारजना पक्राउ

काठमाडौं– प्रहरीले चोरीका सामान तथा नगदसहित चार जनालाई  पक्राउ गरेको

महासङ्घ कोशीको अध्यक्षमा पुनः राउत निर्वाचित

मोरङ–  नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत

‘मध्यपूर्वको युद्धले समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको युद्धका कारण समस्यामा परेका नेपालीलाई

सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’