राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिने « Khabarhub

राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिने


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्ने भएको छ । आयोगले यसअघि नै जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्ने भएको हो ।

 राष्ट्रपति निर्वाचनमा संघीय संसद् अन्तरगतका प्रतिनिधिसभा र राष्ट्रियसभा र प्रदेशसभाका सांसद मतदाता हुन्छन्। जसअनुसार सातै प्रदेशका प्रदेशसभा सचिवालयले मतदाताहरूको सूची पठाइसकेका छन् । आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि मतदान अधिकृतको रुपमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई तोकिएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा राष्ट्रपति निर्वाचनका लागि हुने मतदानका लागि सोही स्थानमा दुईटा मतदान केन्द्र हुनेछन ।
१३ फागुनमा उम्मेदवारी दर्ता गर्न राजनीतिक दललाई आयोगले जानकारी गराइसकेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ८ : १४ बजे

कुमारी बैंकले ल्यायो ग्रिन हायर पर्चेज कर्जा 

काठमाडौं– कुमारी बैंकले ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको

प्रदीप ज्ञवालीले छाडे महाधिवेशनस्थल, पृथ्वी सुब्बाले भने : उनलाई महासचिव नदिने भए म पनि उम्मेदवारी दिन्नँ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशन चलिरहँदा अध्यक्ष केपी शर्मा ओली

गण्डकी प्रज्ञा प्रतिष्ठान आठ महिनादेखि पदाधिकारीविहीन

गण्डकी– गण्डकी प्रज्ञा प्रतिष्ठान विगत आठ महिनादेखि पदाधिकारीविहीन अवस्थामा छ

‘अन्तर-जिल्ला मतदानका लागि पहल होस्’

काठमाडौं– निर्वाचन आयोग समक्ष राष्ट्रिय स्वतन्त्र नागरिक समाज, नेपालले लोकतान्त्रिक

प्रधानाध्यापक ठाकुरविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको विदेह नगरपालिका–२ दुहवीस्थित शंकर