मौद्रिक नीतिबाट अर्थतन्त्र उकास्न सकिन्छ « Khabarhub

मौद्रिक नीतिबाट अर्थतन्त्र उकास्न सकिन्छ

आयातले देशको विकास हुँदैन सन्तुलन नीति आवश्यक छ



देशको अहिले अर्थतन्त्रको यथार्थ स्थिति के छ भनेर राष्ट्र बैंकको वार्षिक समीक्षा आइसकेको छ। बृहत् अर्थशास्त्र नीतिको कुरा गर्दा ब्याजदर र तरलता सँगसँगै आउँछ। यसको लागि हामीले वित्तीय नीति र मौद्रिक नीतिलाई बृहत् रूपमा हेर्नुपर्ने हुन्छ। यो दुईबाट नै अर्थतन्त्रलाई उकास्न सकिने हो। अर्थतन्त्रका लागि मौद्रिक नीति वित्तीय नीतिको पूरक जस्तै हो।

व्यापार घाटा र ब्याजदरको कुरामा हामीले यो परिस्थिति कसरी आयो भनेर हेर्नु आवश्यक हुन्छ। कोभिडले मात्र यो अवस्था आएको होइन। तर कोभिडको कारणले अर्थतन्त्र संकटमा पुग्दा वित्तीय नीतिद्वारा ठेगान लगाउन सकेको भए अर्थतन्त्रको यो हालत हुने थिएन।

प्रसारण संयन्त्रमा हेर्दा वित्तीय नीति धेरै छिटो हस्तान्तरण भएको छ। तर मौद्रिक नीतिको अभाव छ। हाम्रोमा अहिले नीति ल्यायौं भने पनि हाम्रा अनुसन्धानले १३ औं महिनामा प्रभाव देखाउन थाल्छन्। त्यो १३ महिनासम्मको अभाव हामी कुर्न सक्छौँ कि सक्दैनौँ त्यो महत्त्वपूर्ण कुरा हो। जुन समयमा कोभिडबाट अर्थतन्त्र नकारात्मक ढंगले अगाडि बढेको छ भनेर राज्यले अनुभव गर्यो त्यो बेला आएको मौद्रिक नीति एकै पटक बाँध खोले जस्तो गरेर खोल्नु राम्रो होइन। यो गर्नु हुने थिएन।

हामी हाम्रो अर्थतन्त्रलाई आयातमुखी भन्छौं। यो भनेको छोटो समयको लागि हो। यो त कुनै बेला क्रान्ति हुँदा सरकारले आफ्नो गतिविधिलाई चलाउन आवश्यक पर्ने स्रोत र साधन प्राप्तिको असर हो। तर लामो समयको लागि हेर्ने हो भने आयातबाट आएको रेभिन्युले सम्भव नै हुँदैन। हामी विकास गर्छौ भनेर भन्छौँ तर काम गर्दैनौँ। त्यसमा टिप्पणी हुनु आवश्यक देखिन्छ। विकास गर्ने भए कस्तो विकास गर्ने हो त्यसलाई फलो गर्नुपर्छ।

सामान्य आधारमा विकासको अवधारण हेर्ने हो भने कहाँबाट ग्रोथ आउँछ ? ग्रोथ हुने पैसाले मात्र होइन। सैद्धान्तिक रूपमा पुँजी र कामदारले मात्र पनि हुँदैन। अहिलेको दुनियाँमा विकासका लागि प्रविधिको हस्तान्तरण पनि आवश्यक हुन्छ। यो मुलुकमा प्रविधि छैन, पर्याप्त म्यानपावर पनि छैन। पर्याप्त पुँजी र कामदार पनि छैन। हामीसँग भएको म्यानपावर अरू देशको पुँजी बढाउन गएका छन्। सरकारले यसलाई रोक्नसक्ने क्षेत्रको खोजी गर्न सक्नुपर्छ।

हाम्रो अहिलेको अवस्था भनेको मौद्रिक भ्रम हो। नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा अहिले पनि पैसा आपूर्ति बढाइरहेको छ। त्यो बढेको कुरा तथ्याङ्कले भनेको छ तर त्यसको सदुपयोग कहाँ भएको छ ? त्यो बढेता पनि ब्याजदर घटेको छैन। पैसा कहाँ गयो भन्दा त तरलतामा ट्याप भयो। पैसा गइरहेको छ तर सुधार र पैसा ग्रोथ भएको छैन।

धेरै गम्भीर समय भएको छ। अनि अनौपचारिक रूपमा कुरा गर्दा साथीहरू हाम्रो मुद्रा त परिवर्तनीय मुद्रा हैन नि भन्छन्। त्यस कारण कहाँ विदेशमा जान्छ। तर त्यो पैसा फ्लो गर्दा नै अर्थतन्त्र विकास हुँदैन। पैसा फ्लो गर्दा नै हामीले ८ प्रतिशतको ग्रोथ वृद्धि गर्न सक्दैनौँ। नेपाल सरकारको पैसा जुन राष्ट्र बैङ्कमा छ त्यो ढुकुटी रित्तिएको हामीले देखेका छौँ। हामी रेड जोनमा छिरिसकेका छौँ भन्दा पनि घण्टी बजाउने अवस्थामा छौं।

हाम्रो धेरै नरम ऋण छ। त्यस कारणले राष्ट्र बैंकले केही समय अगाडि लिएको नीति यो भन्दा एक डेढ वर्ष अगाडि लिएको भए हुन्थ्यो जस्तो लाग्छ। किनभने सधैँभरी हामी विस्तार मौद्रिक नीतिमा जान सक्दैनौँ। धेरै वर्षसम्म राष्ट्र बैङ्कको इतिहासमा अनुकूल मौद्रिक नीति नै प्रयोग गर्दथ्यो। त्यो अहिले गलत भएको छ। अब कमजोर भएको अर्थतन्त्रलाई ठाउँमा डाइग्नोसिस गरेर त्यसलाई सामान्य बनाएपछि मात्र हामी विस्तारित मौद्रिक नीतिमा जानु पर्दछ।

मागलाई रोक्नसक्ने अवस्था छैन। देशमा लगानी भएको खोइ त ? देशमा लगानी भएको भए राम्रो कमाई हुन्थ्यो। राम्रो कमाइ भएपछि बैंक रेट पनि बढ्ने थिएन। अब अहिले रिटो रेट भनेर छुट्टै राख्नु पररेको छ र बैंक रेट भनेर साढे ८ प्रतिशत भनेर राख्नुपरेको छ।

हामीसँग प्रशस्त मात्रामा तरलता हुँदा पनि त्यो अर्जन गर्ने भन्दा पनि वितरण नभएको कारणले गर्दा अर्थतन्त्र ग्रोथ भएन। ब्याजदर बढेको कारणले लगानी भएन र लगानी नहुँदा सरकारलाई आफ्नो सकारकारी क्रियाकलाप चलाउन आयात गर्नुपर्ने अवस्था सिर्जना भयो । तर यो कहिलेसम्म गर्ने त आयातले देशको ग्रोथ हुँदैन। त्यस कारण सन्तुलन नीति आवश्यक पर्दछ।

राष्ट्र बैंकले आन्तरिक र बाह्य स्थिरताबाट आर्थिक स्थिरता गर भन्यो। मौद्रिक नीतिले आर्थिक वृद्धि बढाउन सक्दैन। त्यस कारणले आफ्नो नीतिलाई एउटा आत्मनिर्भर भएर वा जोडेर अगाडि बढाउन केन्द्रीय बैंकलाई स्वतन्त्र छोड्नु पर्छ।

राष्ट्र बैङ्क नैतिक रूपमा स्वतन्त्र होला तर व्यवस्थापनको हिसाबले स्वतन्त्र छैन। त्यो स्वतन्त्र नभएसम्म अर्थतन्त्रमा सुधार हुँदैन। हाम्रो निर्यात केही छैन। त्यस कारण पेकलाई हटाउन नसकेको होला। त्यस कारण अझ यहाँ पेक हटाउँदै गर्दा आर्थिक क्रान्ति आउन सक्छ। (खबरहबले आयोजना गरेको ‘नेपालमा व्यापार घाटा तथा वैदेशिक ऋण एवं अनुदान’ विषयक छलफलमा अर्थविद् डा. रवीन्द्र पाण्डेले राखेको धारणा)
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ९ : ०३ बजे

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन– जिल्लामा रगतको चरम अभाव भएको छ । यससँगै नेपाल