दिल्ली महानगरको नयाँ मेयरमा आम आदमी पार्टीकी डा‍. ओबरोय निर्वाचित « Khabarhub

दिल्ली महानगरको नयाँ मेयरमा आम आदमी पार्टीकी डा‍. ओबरोय निर्वाचित


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको राजधानीसमेत रहेको दिल्ली महानगरको नयाँ मेयरमा आम आदमी पार्टीकी उम्मेदवार डा‍. शेली ओबरोय निर्वाचित भएकी छिन् ।

नगर निगमको निर्वाचनमा ओबरोयले १५० मत प्राप्त गर्दा भारतीय जनता पार्टी भाजपाकी उम्मेदवार रेखा गुप्ताले ११६ मत पाइन् ।

ओबरोयको जीतसँगै दिल्ली नगर निगमबाट १५ वर्षपछि भारतीय जनता पार्टी बाहिरिएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ओबरोयलाई चुनाव जितेकोमा बधाइ दिएका छन् । अरविन्द केजरीवालले ट्विटरमा लेखेका छन्, ‘आज दिल्लीको नगर निगममा दिल्लीका जनताको जित भयो, गुन्डागर्दी पराजित भयो ।’

उनले ओबरोय मेयरमा निर्वाचित भएकोमा दिल्लीका जनतालाई पनि बधाइ समेत दिएका छन ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ४ : ४८ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको