मधेसका मुख्यमन्त्रीलाई सहयोग गर्न जसपाद्वारा परामर्श समिति गठन « Khabarhub

मधेसका मुख्यमन्त्रीलाई सहयोग गर्न जसपाद्वारा परामर्श समिति गठन


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मधेस प्रदेश सरकारका मुख्यमन्त्रीलाई सहयोग गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालले पूर्वमुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा परामर्श समिति गठन गरेको छ ।

पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेत अनुसार सरकारलाई पार्टीको तर्फबाट आवश्यक सल्लाह, सुझाव र सहयोग गर्न पार्टीका कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा परामर्श समिति गठन गरिएको हो ।

सो समितिमा गोविन्द चौधरी, दीपक कार्की, लालकिशोर साह छन् भने मुख्यमन्त्री सरोजकुमार यादवले सदस्य सचिवको जिम्मेवारी सम्हाल्ने छन् ।

समितिले पार्टीको निर्देशन अनुसार मुख्यमन्त्रीलाई समयसमयमा आवश्यक सल्लाह सुझाव र सहयोग गर्नुका साथै पार्टी र सरकारबीचको समन्वय गर्ने काम गर्नेछ ।

केन्द्रीय कार्यकारिणी समितिको बैठकले गरेका निर्णय कार्यान्वयन गर्न जसपाले मातहत समितिलाई बुधबार परिपत्र पनि गरेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ५ : २१ बजे

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक