एमालेका उम्मेदवार राष्ट्रपतिमा विजयी हुनेछन् : एमाले उपाध्यक्ष पौडेल « Khabarhub

एमालेका उम्मेदवार राष्ट्रपतिमा विजयी हुनेछन् : एमाले उपाध्यक्ष पौडेल


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार गठन भएका बेला भएको सहमति अनुसार नै राष्ट्रपतिमा एमालेका उम्मेदवारले विजयी हासिल गर्ने दाबी गरेका छन् ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले सरकार गठन गर्दा गठबन्धन दलहरुबीच भएको सहमति अनुसार नै एमालेका तर्फबाट अघि सारिएको उम्मेदवारको जीत हुने दाबी गरेका हुन् ।

सरकार गठनको पृष्ठभूमिमा भएको सहमति सबै दलले इमान्दारिताका साथ पालना गर्ने उनको विश्वास छ । उनले एमालेबाट को उम्मेदवार हुने भन्दा पनि सहमति अनुसारको नतिजा आउने बताए ।

त्यस्तै उपप्रधान एवं अर्थमन्त्री समेत रहेका पौडेलले अहिले लघुवितका क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकारले काम सुरु गरिसकेको जानकारी दिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ६ : १९ बजे

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै खाता खोल्ने व्यवस्था 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता

भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्द : एघार हजार बिरामी प्रभावित

चितवन– नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

काठमाडौं– इनड्राइभले ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सम्पन्न

गोरक्षेश्वर धाममा भजनकीर्तन एवं गङ्गा आरती

बागमती– हेटौँडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर धाममा भजनकीर्तनसहित गङ्गा आरती गरिएको

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको