सङ्गठनको अभिलेख सङ्कलन गर्न जसपाद्वारा पत्राचार « Khabarhub

सङ्गठनको अभिलेख सङ्कलन गर्न जसपाद्वारा पत्राचार


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना सङ्गठनको अभिलेख सङ्कलन गर्न मातहत समितिलाई आज पत्र पठाएको छ ।

गत सोमबार सम्पन्न कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार पार्टीका सङ्गठन विभाग प्रमुख रामसहायप्रसाद यादवले पार्टी मातहतका समिति र सङ्गठनलाई अभिलेखको माग गर्दै आज पत्र पठाएका हुन् ।

सङ्गठन विभाग प्रमुख यादवद्वारा जारी पत्रमा भनिएको छ, “पार्टीमा आबद्ध सम्पूर्ण पार्टी सदस्यको अभिलेख पार्टीको अन्तरिम विधानको अनुसूची ६ को ढाँचामा रहेको मातहत प्रमाणित अभिलेख विसं २०७९ फागुन मसान्तभित्र केन्द्रीय सङ्गठन विभागमा पठाइदिन हुन सबै प्रदेश समिति, राष्ट्रिय समिति र जनवर्गीय समितिलाई अनुरोध गर्दछु ।”

अभिलेखका आधारमा पार्टीले आगामी चैत मसान्तमा हुने विधान अधिवेशनका लागि प्रतिनिधिको सङ्ख्या र मापदण्ड तय गर्ने जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ७ : १६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको