विश्वकप यात्राबाट बाहिरिएपछि कप्तान कोहलीले के भने? « Khabarhub

विश्वकप यात्राबाट बाहिरिएपछि कप्तान कोहलीले के भने?


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वकप क्रिकेट २०१९ को सेमिफाइनलमा न्युजिल्याण्डसँग भारत पराजित भएपछि त्यसको चर्चा सर्वत्र छ । विशेष गरी भारतीय सञ्चार माध्यम यो प्रतियोगिताबाट भारत बाहिरिएपछि भारतीय टोलीलाई हौसला प्रदान गर्ने र आलोचना गर्ने क्रम पनि जारी छ । बुधबारको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्यूजिल्याण्ड फाइनलमा प्रवेश गरेको छ।

आफ्नो टोली सेमिफाइनलबाटै आउट भएपछि भारतीय कप्तान विराट कोहलीले न्यूजिल्याण्डका बलरहरूको प्रंशसा गरेका छन्। शुरूवाती ४० देखि ४५ मिनेटको समयमा खेलको दिशा परिवर्तन भएको उनको भनाइ छ। कोहलीका अनुसार न्यूजिल्याण्डको शानदार बलिङका कारण भारतीय टोली दबावमा आयो र गल्ती गर्न बाध्य हुन पुग्यो।

यद्यपि सबै खेलमा भारतीय टोलीले राम्रो प्रदर्शन गरेको उनको तर्क छ। खेलपछि पत्रकारहरूको जिज्ञासामा कोहलीले भने, “हामी पराजयबाट निराश पक्कै भएका छौँ, तर हाम्रो आत्मविश्वास धरमराएको छैन।” न्यूजिल्याण्डको बलिङको खुलेर प्रशंसा गर्दै उनले भने, “केही प्रहार पक्कै राम्ररा थिएनन्, तर रोहित राम्रो बलमा आउट भए। म पनि राम्रै बलमा आउट भएँ।”

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ७ : १९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै