सिरहामा दिनदहाडै लुटिए मनि ट्रान्सफरका कर्मचारी « Khabarhub

सिरहामा दिनदहाडै लुटिए मनि ट्रान्सफरका कर्मचारी


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहामा दिनदहाडै मनि ट्रान्सफरका कर्मचारी लुटिएका छन्। मिर्चैयास्थित ग्लोवल आईएमई बैंकबाट नौं लाख रुपैयाँ लिएर कल्याणपुर जाने क्रममा मनि ट्रान्सफरका कर्मचारीबाट बुधबार अपरान्ह लुटेराले ९ लाख रुपैयाँ लुटेर फरार भएका हुन्।

कल्याणपुर नगरपालिका ११ मा रहेको राजाराम सव मनि ट्रान्सफरको लागि मिर्चैयास्थित ग्लोवल बैंकबाट ९ लाख रुपैयाँ लिएर जाँदै गरेको बेला कल्याणपुर सडक अन्तर्गत मिर्चैया नगरपालिका ३ को वतहा खोला पुल नजिकैबाट रहेका चार जनाको समूहमा लुटेराहरुले लुटपाट गरेको इलाका प्रहरी कार्यालाय मिर्चैयाका प्रमुख डीएसपी हरिकृष्ण केसीले जानकारी दिए।

उनले मोटरसाइकलमा रहेका लुटेराहरुले मनि ट्रान्सफरका कर्मचारीहरुलाई हात हतियार देखाएर कुटपीट समेत गरेको प्रहरीले बताए। उनले भने, ‘अलि एकान्तजस्तो ठाउँ रहेछ, एम्वुस थापेर बसेका लुटेराहरुले उनीहरुलाई हतियार देखाएर कुटपीट पनि गरेछन्,’ उनले भने ।

उनले रकम लुटिएको भन्ने थाहापाउना साथ सवै नाकाहरुमा खोजतलासको लागि प्रहरी परिचालन गरिएको जनाए। घटनाको बारेमा अनुसन्धान गरिरहेको बताए। यस अघि पनि सो मनि ट्रान्सफरको २४ लाख रुपैयाँ यहि क्षेत्रबाट लुटिएको थियो।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  १० : १८ बजे

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा

बाढी पूर्वानुमान महाशाखाले भन्यो- पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी आयो

काठमाडाैँ– पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी