‘फरार’ सांसद लक्ष्मी महतो कोइरी पनि राष्ट्रपति निर्वाचनको मतदाता « Khabarhub

‘फरार’ सांसद लक्ष्मी महतो कोइरी पनि राष्ट्रपति निर्वाचनको मतदाता


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कर्तव्य ज्यान मुद्दामा प्रहरीको फरार सूचीमा रहेका संसद लक्ष्मी महतो कोइरीको नाम पनि राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा समावेश गरिएको छ ।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । तर, गृहमन्त्रालयले समेत विज्ञप्ति निकालेर उनलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

उनीविरुद्ध मधेस आन्दोलनका क्रममा घाइते भई अस्पताल लैजाँदै गरेका प्रहरीका सई थमन थापालाई एम्बुलेन्सबाट झारेर हत्या गरेको अभियोग लागेको छ ।

निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको २५ फागुनमा राष्ट्रपति र ३ चैतमा हुने उपराष्ट्रपतिको निर्वाचनको मतदाता नामावलीमा कोइरीको नाम समावेश गरिएको छ । मतदाता नं. १३०१९७२४ उल्लेख गरिएको कोइरीको परिचयपत्र समेत निर्वाचन आयोगले आफ्नो वेबसाईटमा अद्यावधिक गरेको छ ।

क्रम संख्या २४७ रहेको कोइरीको परिचयपत्र विवरण र फोटोसहित सार्वजनिक गरिएको छ । उनी अहिलेसम्म निलम्बनमा नपरेको हुनाले नाम सार्वजनिक गरिएको निर्वाचन आयोगको जनाएको छ ।

जनकपुर उच्च अदालतले २०७७ मा नै उनलाई पक्राउ गरेर थुनामा राख्ने आदेश दिएको थियो ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  १ : ३५ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान