नेपाली क्रिकेटले प्राप्त गरेको सफलताले मलाई राजनीतिमा प्रेरणा दिन्छ : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

नेपाली क्रिकेटले प्राप्त गरेको सफलताले मलाई राजनीतिमा प्रेरणा दिन्छ : प्रधानमन्त्री प्रचण्ड


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईसिसी विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक सिरिजका विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा क्रिकेट खेलाडीहरुलाई बधाई दिँदै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी २ लाख पुरस्कार दिने घोषणा गरेका हुन् । चार खेलमा विजय हासिल गरेर सिरिज नै क्लिनस्वीप गर्नु देशकै लागि गौरवको विषय भएको उनको भनाइ छ ।

उनले नेपालको खेल क्षेत्र राष्ट्रिय प्रतिष्ठाको विषय भएकाले खेल क्षेत्रलाई सामान्य आँखाले हेर्नु देशकै गल्ती हुने जिकिर गरे । छोटो समयमै नेपाली क्रिकेटले हासिल गरेको सफलताले आफूलाई राजनीतिमा प्रेरणा दिँदै आएको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले खेल क्षेत्रका समस्या समाधान गर्न लगातार सहकार्य गरिरहेको बताए ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  ४ : ३१ बजे

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ