रूसको सदस्यता निलम्बन « Khabarhub

रूसको सदस्यता निलम्बन


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – विश्वव्यापी सम्पत्ति शुद्धीकरण विरोधी निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले युक्रेनमा रूसी आक्रमणलाई लिएर रूसको सदस्यता निलम्बन गरेको शुक्रबार जनाएको छ ।

एफएटीएफले २०० भन्दा बढी देश र क्षेत्राधिकारका लागि मापदण्ड निर्धारण गर्दछ र अधिकारीहरूलाई लागुऔषध तस्करी, मानव तस्करी र आतङ्कवाद जस्तागम्भीर अपराधहरूको सामना गर्न मद्दत गर्छ ।

समूहले शुक्रबार एक विज्ञप्ति जारी गरी भनेको छ, “समूहको उद्देश्य सुरक्षा, सुरक्षा र विश्वव्यापी वित्तीय प्रणालीको अखण्डतालाई बढावा दिनु भएको र रूसी महासङ्घको यो कदम एफएटीएफको आधारभूत सिद्धान्तको विपरीत रहेको पाइएकोले कारबाही अघि बढाइएको छ ।” एफएटीएफको मापदण्ड कार्यान्वयनका लागि रुस अझै पनि जिम्मेवार रहेको विज्ञप्तिमा उल्लेख छ ।

पेरिसमा पाँच दिनसम्म चलेको बैठकपछि एफएटीएफले नाइजेरिया र दक्षिण अफ्रिकालाई निगरानी बढाउने देशको सूचीमा समावेश गरेको छ भने कम्बोडिया र मोरक्कोलाई उक्त श्रेणीबाट हटाएको छ ।

रूसलाई युरोपेलीे परिषद्बाट निष्कासित गरिएको छ भने संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार परिषद्बाट निलम्बित गरिएको छ, तर रूस अझै पनि धेरै अन्तर्राष्ट्रिय सङ्गठनहरूको सदस्य छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ९ : १३ बजे

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको

बिहानै बालेन जानकी मन्दिरमा पुग्दा‍..

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

सोमबार बिहानै जानकी मन्दिरमा बालेन, साथमा देखिए अमरेशकुमार सिंह

काठमाडौं – आइतबार साँझ जनकपुरधाम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

माघ शुक्ल प्रतिपदा : हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

काठमाडौं – तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको