'नयाँ सत्ता समीकरणको ढोका खुल्यो'  | Khabarhub Khabarhub

‘नयाँ सत्ता समीकरणको ढोका खुल्यो’ 


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रपतिको निर्वाचनलगत्तै सत्ता समीकरण परिवर्तन हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी मनोनयनपछि संविधानसभा भवन परिसरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले राष्ट्रपतिको उम्मेदवारी मनोनयनले नयाँ सत्ता समीकरणको ढोका खोलेको उल्लेख गरे।

‘सत्ता समीकरणको विषय अहिलेसम्म प्रवेश नगरे पनि राष्ट्रपतिको उम्मेदवारी मनोनयनले नयाँ सत्ता समीकरणको ढोका खोलेको छ’, प्रवक्ता महतले भने, ‘अहिले नयाँ सत्ता समीकरणका बारेमा छलफल भएको छैन, तर, निश्चित लक्ष्यका साथ अघि बढ्नुपर्ने भएकाले सरकार सञ्चालनमा नयाँ समीकरण बन्नसक्छ, त्यस विषयमा विस्तृत छलफल हुन्छ ।’

आठ दलको समर्थनमा राष्ट्रपतिको उम्मेदवार मनोनयन गरिएको र अन्य दलको पनि समर्थन आउने सम्भावना रहेको भन्दै उनले पौडेल राष्ट्रपति भएपछि संविधान र कानुनी शासनको संवर्द्धन हुने विश्वास व्यक्त गरे। उनले भने, ‘संवैधानिक व्यवस्थामाथि क्षति पुर्‍याउने काम हुन्छ कि भन्ने आशंका थियो, त्यो अब निवारण भएको छ । उहाँ (राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल) राष्ट्रपति भएर आएपछि संविधान र कानुनी शासनको पक्षमा प्रतिबद्ध रहनुहुनेछ ।’

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संविधानको रक्षा र विधिको शासन सुदृढ तुल्याउन पौडेलको उम्मेदवारी स्वाभाविक भएको उल्लेख गरे । उनले पौडेलको व्यक्तित्व, उनले खेलेको वर्षौँको भूमिकाप्रति अहिले न्याय मिलेको छ भने ।

संसदीय प्रणालीमा सरकार फेरबदल भइरहनु सामान्य कुरा हो भन्दै उनले राजनीतिक स्थिरता कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। नेता कोइरालाले राष्ट्रपति निर्वाचनमा सङ्घमा बनेको नयाँ गठबन्धन अटोमेटिक रुपमा प्रदेशसम्म जाने विश्वास व्यक्त गरे।

नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वालाले केन्द्रको गठबन्धनले समग्र राष्ट्रिय राजनीतिमा नै प्रभाव पार्ने उल्लेख गरे। उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनले संघीय सरकार र प्रदेश सरकारमा समेत फेरबदल हुनसक्ने बताए।

उपमहासचिव ज्वालाले संसद्को ठूलो राजनीतिक रुपमा रहेको र भोलिका दिनमा सम्मानजनक सहकार्य गर्ने संकल्पका साथ कांग्रेसका उम्मेदवारलाई आफ्नो पार्टीलगायत आठ दलले समर्थन गरेको उल्लेख गरे ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य राजकिशोर यादवले कांग्रेस पौडेलले संविधान निर्माणमा पनि नेतृत्व गरेको र यसको रक्षाका निम्ति पनि पहलकदमी लिएको हुनाले सहकार्य गरेर जानुपर्छ भन्ने भावनाका साथ गठबन्धन बनेको उल्लेख गरे । उनले नयाँ गठबन्धन संघदेखि प्रदेशसम्म विस्तार हुने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ४ : २० बजे

विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन

काठमाडौं– राष्ट्रिय सूचना आयोगले बाढीपहिरो जस्ता विपद्का क्रममा सार्वजनिक निकायलाई

राजदेवी मन्दिर डुबानमा, जमरा राख्न सकिएन

 जलेश्वर– यहाँको जलेश्वर–२ स्थित प्रसिद्ध माता राजदेवी मन्दिर बाढीका कारण

बाढी प्रभावित शैक्षिक संस्थामा पढाईको वातावरण बनाउन कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागको बैठकले देशभर भएको अविरल

भारतसँग पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारणस्थल निर्माण सम्झौता

काठमाडौं– नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारणस्थल निर्माण

बाढीपहिरोबाट काभ्रेमा मात्रै ७० जनाको मृत्यु, सहयोगको अपिल

काठमाडौं– लगातारको वर्षापछि आएको बाढीपहिरोबाट संघीय राजधानी काठमाडौं नजिकैको जिल्ला