‘घेरो’ मञ्चन गर्न जर्मनी पुगेका कलाकार उतै लुकेपछि हंगामा ! « Khabarhub

‘घेरो’ मञ्चन गर्न जर्मनी पुगेका कलाकार उतै लुकेपछि हंगामा !


२६ असार २०७६, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


पोखरा – पोखरेली रंगकर्मीको टोलीले तयार पारेको नाटक ‘घेरो’ मञ्चन गर्न जर्मनी गएका कलाकारमध्ये ४ कलाकार उतै लुकेपछि हंगामा मच्चिएको छ । योसँगै अन्तर्राष्ट्रिय जगतमा नै नेपाली कलाकारको विश्वसनीयतामाथि प्रश्न उठेको छ । उक्त नाटकका कलाकार शर्मिला बस्नेत, सम्झना शर्मा, संरचना पौडेल र मधुसुदन पौडेल जर्मनीमै सम्पर्कविहीन भएका हुन् ।

पोखरामा रहेर रंगकर्म गर्दै आइरहेको युथ क्रियशन थिएटरले तयार पारेको उक्त नाटक जर्मनीमा भएको लोकसंगीत महोत्सवमा मञ्चन गर्ने कार्यक्रम थियो । सोही महोत्सवका लागि कलाकार जर्मनी गएका थिए ।

१२ जना कलाकार जर्मनी गएको तर आउँदा ८ जनामात्र आएपछि हंगामा मच्चिएको हो । युथ क्रियशन थिएटरका सचिव सौगात पोखरेलले ४ जना जर्मनीमा लुकेको पुष्टि गरेका छन् । तर, उनले आउन भिसा बढी भएकाले आउन सक्ने पनि बताएका छन् ।

उनीहरुले जर्मनीमा ५ र ६ जुलाईमा नाटक मञ्चन गरेका थिए । उतै लुक्नेमा एक मधुसुदन पौडेल जर्मनीबाट पोर्चुगल पुगिसकेको स्वयमले फेसबूकमार्फत खुलाएका थिए ।

कपिल शर्माले निर्देशन गरेको नाटक ‘घेरो’ जेठ २४ गते राजधानीमा पनि मञ्चन भएको थियो ।

संस्थाका सचिव सौगात पोखरेलले भने सबै कलाकारलाई देशमा फर्कने सामुहिक प्रतिबद्धता गराएर जर्मनी लगेको बताएका छन् । उनले केही दिनमा संस्थाले आधिकारिक धारणा सार्वजनिक गर्ने पनि जनाएका छन् ।

यदि उनीहरु लुक्न चाहेका रहेछन् भने पनि लुकेका कलाकारप्रति शून्य सहनशीलता अपनाएर संस्थाले कारवाही गर्ने सचिव पोखरेलले जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबूकमार्फत सबै कलाकारलाई दोहोरो टिकट काट्न लगाएको पनि जनाएका छन् ।

महोत्सवमा नाटक देखाउनका लागि पोखराबाट कपिल शर्मा, सौगात पोखरेल, लेखक केदार पौडेल, सम्झना अधिकारी शर्मा, अञ्जना पौडेल, मधुसुदन पौडेल, विमल पौडेल, शर्मिला बस्नेत, लक्ष्मण डुम्रे, रामहरि अधिकारी, सरोज अर्याल र सन्दीप डंगोल जर्मन उडेका थिए । फर्किँदा ८ जनामात्र फर्केका थिए ।

प्रकाशित मिति : २६ असार २०७६, बिहिबार  १२ : ३३ बजे

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका