‘घेरो’ मञ्चन गर्न जर्मनी पुगेका कलाकार उतै लुकेपछि हंगामा ! « Khabarhub

‘घेरो’ मञ्चन गर्न जर्मनी पुगेका कलाकार उतै लुकेपछि हंगामा !


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


पोखरा – पोखरेली रंगकर्मीको टोलीले तयार पारेको नाटक ‘घेरो’ मञ्चन गर्न जर्मनी गएका कलाकारमध्ये ४ कलाकार उतै लुकेपछि हंगामा मच्चिएको छ । योसँगै अन्तर्राष्ट्रिय जगतमा नै नेपाली कलाकारको विश्वसनीयतामाथि प्रश्न उठेको छ । उक्त नाटकका कलाकार शर्मिला बस्नेत, सम्झना शर्मा, संरचना पौडेल र मधुसुदन पौडेल जर्मनीमै सम्पर्कविहीन भएका हुन् ।

पोखरामा रहेर रंगकर्म गर्दै आइरहेको युथ क्रियशन थिएटरले तयार पारेको उक्त नाटक जर्मनीमा भएको लोकसंगीत महोत्सवमा मञ्चन गर्ने कार्यक्रम थियो । सोही महोत्सवका लागि कलाकार जर्मनी गएका थिए ।

१२ जना कलाकार जर्मनी गएको तर आउँदा ८ जनामात्र आएपछि हंगामा मच्चिएको हो । युथ क्रियशन थिएटरका सचिव सौगात पोखरेलले ४ जना जर्मनीमा लुकेको पुष्टि गरेका छन् । तर, उनले आउन भिसा बढी भएकाले आउन सक्ने पनि बताएका छन् ।

उनीहरुले जर्मनीमा ५ र ६ जुलाईमा नाटक मञ्चन गरेका थिए । उतै लुक्नेमा एक मधुसुदन पौडेल जर्मनीबाट पोर्चुगल पुगिसकेको स्वयमले फेसबूकमार्फत खुलाएका थिए ।

कपिल शर्माले निर्देशन गरेको नाटक ‘घेरो’ जेठ २४ गते राजधानीमा पनि मञ्चन भएको थियो ।

संस्थाका सचिव सौगात पोखरेलले भने सबै कलाकारलाई देशमा फर्कने सामुहिक प्रतिबद्धता गराएर जर्मनी लगेको बताएका छन् । उनले केही दिनमा संस्थाले आधिकारिक धारणा सार्वजनिक गर्ने पनि जनाएका छन् ।

यदि उनीहरु लुक्न चाहेका रहेछन् भने पनि लुकेका कलाकारप्रति शून्य सहनशीलता अपनाएर संस्थाले कारवाही गर्ने सचिव पोखरेलले जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबूकमार्फत सबै कलाकारलाई दोहोरो टिकट काट्न लगाएको पनि जनाएका छन् ।

महोत्सवमा नाटक देखाउनका लागि पोखराबाट कपिल शर्मा, सौगात पोखरेल, लेखक केदार पौडेल, सम्झना अधिकारी शर्मा, अञ्जना पौडेल, मधुसुदन पौडेल, विमल पौडेल, शर्मिला बस्नेत, लक्ष्मण डुम्रे, रामहरि अधिकारी, सरोज अर्याल र सन्दीप डंगोल जर्मन उडेका थिए । फर्किँदा ८ जनामात्र फर्केका थिए ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  १२ : ३३ बजे

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका