चन्द्रागिरिलाई शैक्षिक केन्द्र बनाउन जनप्रतिनिधि अग्रसर  « Khabarhub

चन्द्रागिरिलाई शैक्षिक केन्द्र बनाउन जनप्रतिनिधि अग्रसर 


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विस्तारित काठमाडौँलाई मध्यनजर गर्दै चन्द्रागिरि नगरपालिकालाई शैक्षिक केन्द्र बनाउने उद्देश्यका साथ त्यहाँका जनप्रतिनिधि अग्रसर भएका छन् । सो नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरपालिकालाई शैक्षिक केन्द्रका रुपमा विकास गर्ने सोँचका साथ नगरपालिका अगाडि बढेको जानकारी दिए।

स्थानीय ऋचा सह शिक्षा सदनको ३३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले काठमाडौँ उपत्यकाभित्र शैक्षिक केन्द्रका रुपमा नगर क्षेत्रलाई विकास गर्ने योजनाका साथ आफूहरू लागिपरेको बताए। शैक्षिक क्षेत्रलाई जनउपयोगी एवं बहुउपयोगी बनाउनका लागि यस क्षेत्रमा आबद्ध भएका सबै सरोकारवालाको उत्तिकै साथ र सहयोग जरुरी रहेको भन्दै नगर प्रमुख गिरीले कोरा शैक्षिक ज्ञानभन्दा पनि विद्यार्थीलाई व्यावहारिक शिक्षा प्रदान गर्नुपर्ने बताए।

नगरप्रमुख गिरीले शिक्षक, अभिभावकको सार्थक साथ र सहयोग रहेमात्रै मुलुकले अपेक्षा गरेको जनशक्ति उत्पादन हुनसक्ने उल्लेख गरे । कार्यक्रममा नगरका उपप्रमुख वसन्ती श्रेष्ठले नगरपालिकाभित्र रहेका आर्थिकरूपमा कमजोर छोरी बुहारीलाई उच्च शिक्षाका लागि सहयोग उपलब्ध गराइने बताए। उनले कुनै पनि छोरीबुहारी पढ्न पाइएन भनेर बस्नु नपर्ने भन्दै नगरपालिकाकोतर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने उल्लेख गरे ।

यस्तै शैक्षिक क्षेत्रको विकासका लागि नगरपालिकाको तर्फबाट चरणवद्धरुपमा योजना अगाडि सारिएको र त्यसलाई व्यावहारिक कार्यान्वयन गरिने बताए। सो विद्यालयका संस्थापक प्रधानाध्यापक नवराज खड्काले ठूलो मेहनतका साथ शैक्षिक क्षेत्रमा केही गरौँ भन्ने सोच राखेर आफूहरू ज्ञान बाँड्न अग्रसर रहेको बताए।

उनले आफ्नो सानो प्रयासलाई यस क्षेत्रका अभिभावक र विद्यार्थीले साथ दिएकामा प्रसन्नता व्यक्त गरे । सो अवसरमा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगरप्रमुख गिरीले सम्मान गरेका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ४ : ५७ बजे

बाढीपहिरोबाट घाइतेको उपचारका लागि ढल्केबरमा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम– बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको

इरानी शासनको अन्त्य नजिक : नेतान्याहु

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी शासन पतनको नजिक पुगेको

त्रिशूली ३ बीमा फसेकाका आफन्तको बिलौना : १३ दिन बितिसक्यो, उद्धार कार्यले गति लिएन

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा– प्रहरीले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका

बाजुरामा पहिरोले सडक र विद्युत् अवरुद्ध : जनजीवन प्रभावित

बाजुरा– शनिबार रातिदेखिको अविरल वर्षापछि विभिन्न ठाउँमा पहिरो जाँदा यहाँको जनजीवन