जसपामा उपराष्ट्रपति उम्मेदवारबारे छलफल सुरु | Khabarhub Khabarhub

जसपामा उपराष्ट्रपति उम्मेदवारबारे छलफल सुरु


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालले उपराष्ट्रपति पाउने भएपछि सम्भावित उम्मेदवारबारे पार्टीमा छलफल सुरु गर्ने भएको छ। 

आठ दलीय गठबन्धनमा कांग्रेसले राष्ट्रपति र जसपाले उपराष्ट्रपति पाउने सहमति भएपछि अहिले छलफल सुरु भएको हो । जसपामा उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भनेर आन्तरिक छलफल सुरु हुनाका साथै त्यसका लागि नेताहरूको लबिङसमेत हुन थालेको बताइएको छ ।

जसपाबाट उपराष्ट्रपतिको उम्मेदवारमा पहिलो नम्बरमा रामसहाय यादवको नाम चर्चामा आएको छ भने दोस्रो नम्बरमा नवलकिशोर साहको नाम चर्चामा रहेको बताइएको छ । जसपाका कार्यकारिणी सदस्यसमेत रहेका यादवले उपराष्ट्रपतिको उम्मेदवारका बारेमा अहिले औपचारिक छलफल नभए पनि पार्टीले गर्ने निर्णय आफूलाई मान्य हुने बताए। उनले भने, ‘मेरो उपराष्ट्रपतिमा उम्मेदवारी दिने विषयमा पार्टीमा अहिले कुनै छलफल भएको छैन, मलाई त्यसका बारेमा कुनै जानकारी पनि छैन ।’

उपराष्ट्रपतिको विषयमा छलफल हुन बाँकी रहेको र पार्टीले उपराष्ट्रपतिको विषयमा जे निर्णय गर्छ त्यो आफूलाई स्वीकार हुने उनको भनाइ थियो । आठ दलीय गठबन्धनको सहमतिअनुसार आज कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराइसकेका छन् । यही फागुन २७ गते उपराष्ट्रपतिको उम्मेदवारी दिने समय तोकिएको छ । त्यसअघि नै उपराष्ट्रपतिको उम्मेदवार टुङ्गो लगाउनुपर्ने हुन्छ । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ हुने भएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ६ : ५१ बजे

घटस्थापनाका दिन बागलुङ कालिकामा दर्शनार्थीको घुइँचो

बलेवा– दसैँको पहिलो दिन  घटस्थापनाका अवसरमा बिहीबार बागलुङ कालिका भगवती

गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो

गोरखा– गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ ।

गर्भवतीको हेलिकप्टरबाट उद्धार

बाजुरा– जिल्ला अस्पताल बाजुरामा प्रसूति सेवाका लागि आएकी एक किशोरीको

राष्ट्रपति भवनमा घटस्थापना

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँका अवसरमा वैदिक विधिपूर्वक दुर्गादेवीको पूजाअर्चनाका

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्यमा बढेको छ । आज