युक्रेनलाई दुई अर्ब डलर बराबरको सैन्य सहायता दिने अमेरिकाको घोषणा « Khabarhub

युक्रेनलाई दुई अर्ब डलर बराबरको सैन्य सहायता दिने अमेरिकाको घोषणा


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बासिङटन डिसी । निरन्तर सहयोग गर्दै आएको अमेरिकाले युक्रेनलाई थप दुई अर्ब डलर बराबरको सैन्य सहायता उपलव्ध गराउने घोषणा गरेको छ।

युक्रेनमाथी रुसले आक्रमण गरेको वार्षिकीको दिन अमेरिकाले युक्रेनलाई दुई अर्ब डलरको नयाँ सैन्य सहायतागर्ने घोषणा गरेको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले जानकारी दिए । गत साता अप्रत्यासित रुपमा अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेन पुगेका थिए, त्यसको केही दिनमा अमेरिकाले सो घोषणा गरेको हो ।

‘सयुक्त राज्य अमेरिकाले युक्रेनलाई थप दुई अर्ब डलर बराबरको सुरक्षा सहयोगको घोषणा गरेको छ, सुलिभानले सीएनएनसँग भने । यद्यपि उनले प्याकेजमा प्रदान गरिने सहायता र हतियारको विवरण भने दिन चाहेनन ।

यसै साताको प्रारम्भमा किभ पुगेका अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनको विजयका निम्ति आवश्यक सहयोग उपलव्ध गराउने युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसमक्ष प्रतिबद्धता जनाए थिए।अमेरिकाले प्रदान गर्ने यो सहयोग यसअघि गरिएको सैन्य सहायताको निरन्तरता नभएको जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ८ : ४५ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर