प्रधानमन्त्रीले भने– आजपनि रातो कार्पेटमा हिँडेको कोही फोटो खिच्न आएनन् ! « Khabarhub

प्रधानमन्त्रीले भने– आजपनि रातो कार्पेटमा हिँडेको कोही फोटो खिच्न आएनन् !


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल पार्न विभिन्न भ्रमहरु फैलाउने काम भइरहेको आरोप लगाएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा बिहीबार काठमाडौँमा आयोजित संविधान कार्यान्वयन र प्रशासनिक पुनःसंरचना विषयक राष्ट्रिय कार्यशाला उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले केही तत्व सरकारविरुद्ध भ्रम फैलाउन लागिपरेपनि सरकार आफ्नो काममा अघि बढिरहेको बताए ।

प्रधानमन्त्री ओलीले बुधबार त्रिभुवन विश्वविद्यालयको एक कार्यक्रममा सहभागी हुने क्रममा हिलोमाथि रातो कार्पेटमा हिँडेको विषय समाचार बनेको प्रतिपनि असन्तुष्टि व्यक्त गरेका छन् ।

‘हिजो हिलो छोप्न कार्पेट राखेका रहेछन् । हिजो पनि र आज पनि म रातो कार्पेटमा नै हिँडे ओलीले भने, ‘तर आज रातो कार्पेटमा हिँडेको फोटो खिच्न पत्रकार आएनन् ।’ यो समाचार योजनाबद्ध रुपमा आएको ओलीको भनाइ थियो ।

उनले आफू प्रधानमन्त्री बन्नु भन्दापहिलादेखि नबनेका बाटो हिलो हुँदा पनि सरकारलाई नै दोष दिइएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण रोक्न भारतीय दूतावासबाट आएको पत्रका बारेमा आफूलाई जानकारी नदिएको बताए ।

भारतीय पक्षले विभिन्न ठाउँमा कुटनीतिक प्रयास गर्दा पनि आफूलाई जानकारी नदिनुले आफू लज्जिलत हुनपरेको र यसप्रति आफू क्षमाप्रार्थी रहेको प्रधानमन्त्रीको भनाइ थियो । उनले यसबारे बुझ्ने बताए । ‘यो जानाजान भएको हो या लापरवाहीका कारण हो थाहा भएन यसबारे म बुझ्नेछु ’ प्रधानमन्त्रीले भने ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  १२ : ०८ बजे

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा