साउदी सरकारले ५८ हजार रियाल जरिवाना मिनाहा गरिदिएपछि नेपाल फर्किए तामाङ « Khabarhub

साउदी सरकारले ५८ हजार रियाल जरिवाना मिनाहा गरिदिएपछि नेपाल फर्किए तामाङ



दोहा – साउदी अरब सरकारले ५८ हजार साउदी रियाल जरिवाना मिनाहा गरिदिएपछि एक नेपाली स्वदेश फर्किएका छन् ।

विगत दुई वर्षदेखि चोरीको आरोपमा त्यहाँको आभास्थित जेलमा रहेका नेपाली नागरिक कृष्णकुमार तामाङलाई अदालतको फैसलामार्फत तोकिएको जरिवाना ५८ हजार साउदी रियाल जरिवाना मिनाहा गरी स्वदेश फर्काइएको जेद्धास्थित महावाणिज्य दूतावासले जनाएको छ ।

महावाणिज्य दूतावासका अनुसार साउदी सरकारका अदालत, जेल तथा अन्य सम्बन्धित निकायहरुसँगको निरन्तर बैठक, छलफल तथा अनुरोध पश्चात् पीडित तामाङको जरिवाना मिनाहा गराउन सफल भएको जनाएको छ ।

त्यसपछि दूतावासले उनको यात्रा प्रतिबन्ध फुकुवा गराई नेपाल जानका लागि आवश्यक पर्ने एक्जिट भिसा प्राप्त गरेको र साउदी सरकारसँग समन्वय गरेर हवाई टिकटको व्यवस्था गरी नेपाल फर्काइएको जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ७ : १५ बजे

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै