साउदीबाट एक महिलाको उद्दार « Khabarhub

साउदीबाट एक महिलाको उद्दार


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

दोहा – साउदीबाट एक महिलाको उद्धार गरी नेपाल फर्काइएको छ ।

करिब दश वर्ष अघि कुवेत हुँदै साउदी अरब पुगेकी टंकमाया आङ्बोलाई विभिन्न रोजगारदाताहरुले अवैधानिकतवरले लामो समय घरेलु कामदारको रुपमा काम लगाई विगत चार महिना अगाडी एक रोजगारदाताले बिना जानकारी महावाणिज्य दूतावासको गेटमा अलपत्र अवस्था छोडिदिएको थियो ।

पीडित टंकमायालाई सुरक्षित नेपाल फिर्ती नहुन्जेलसम्म दूतावासले सेल्टरमा राखी नेपाल पठाउनका लागि आवश्यक पर्ने प्रक्रिया सुरु गरेको थियो । दूतावासबाट उनको एक्जिट भिसा तथा क्षतिपूर्तिको लागि पटक- पटक साउदी सरकारका विभिन्न निकायहरुमा लेखापढी तथा छलफल मार्फत गरिएको भए पनि क्षतिपूर्तिको पाउन नसकिएको दूतावासले जनाएको छ ।

उनको साउदी प्रवेश एवम् यहाँको कानुनी हैसियत सम्बन्धी रेकर्डको अभावमा एक्जिट भिसा प्राप्त गर्न नसकिएपछि दूतावासले साउदीको परराष्ट्र मन्त्रालयसँग छलफल गरी निरन्तरको प्रयासमा एक्जिट भिसा प्राप्त गर्न सफल भएको थियो ।

महावाणिज्य दूतावासको पहलमा गैर आवासीय नेपाली संघ(एनआरएनए) साउदीले नेपाल फिर्तीको लागि हवाई टिकट उपलब्ध गराएपछि बिहीबारको उडानमार्फत सुरक्षीतरुपमा नेपाल पठाइएको जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ७ : ४८ बजे

गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु

एजेन्सी– गाजा पट्टीमा शनिबार भएको इजरायली हवाई आक्रमणमा ११ जनाको

निर्वाचन आचारसंहिता कार्यान्वयनमा भोजपुरका सबैपक्ष प्रतिबद्ध

भोजपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

रास्वपाका दर्जनौँ नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश

राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुपुर गाउँपालिका अध्यक्ष पदका प्रत्यासी मुनिलाल

तेस्रो मुलुकका नागरिकलाई छ वर्षपछि खुल्यो जमुनाह नाका

नेपालगञ्ज– जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु भएको

जुम्लामा नौ सय चौहत्तर निर्वाचन प्रहरी छनोट

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि