गोसाइँकुण्ड क्षेत्रमा हिमपात « Khabarhub

गोसाइँकुण्ड क्षेत्रमा हिमपात


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

रसुवा – रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड क्षेत्रमा आज हिमपात भएको छ । फाट्टफुट्ट वर्षासँगै परेको हल्ला हिमपातले लौरी विनायक, चन्दनबारी, यार्सा माथिको भञ्ज्याङ हाकुमाथीको डाडालगायतका क्षेत्रमा हिमपात भएको हो ।

प्रत्येक वर्ष मङ्सिरको अन्तिम सातादेखि नै सेतै हुने लौरी विनायक क्षेत्र यस वर्ष भने आज मध्यानदेखि मात्र सेतै भएको छ । आज परेको हिउँ अत्यन्तै पातलो भएका कारण चाँडै विलय हुने स्थानीय बासिन्दाले आँकलन गरेका हुन् । बेसीँ भागमा खासै पानी नपरेको स्थानीय किसानले जनाएका छन् । समयमा पानी नपरेको कारण गहुँ तथा जौजस्ता हिउँदे बालीमा नकारात्मक असर परेको यार्साका रामकाजी तामाङले बताए।

दक्षिणी भेकको बनुवा, पहिरेबेँसी, कुडुले जिबजिबेको फाँटजस्ता सीञ्चित क्षेत्रको जमिनमा रोपिएको आलु तथा तोरी किसानले भित्र्याउन थाली सकेको जीवजीवे क्षेत्रका समाजसेवी चीरञ्जीवी पौडेलले जानकारी दिए ।

उत्तरी रसुवामा लगाइने वर्षे आलु भने रोप्ने कार्य धमाधम अगाडि बढेको छ । स्थानीय किसानका अनुसार लेकाली जमिनमा कृषि उपज तयार हुन लामो समय लाग्ने र जमिनमा चिसोपन नभए पनि छिट्टै वर्षा होला भन्ने अपेक्षाका साथ कृषि कार्य अगाडि बढाइएको हो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  १० : २४ बजे

ड्रोन आक्रमण बढेको कारण युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न निर्देशन

कीएभ- रूसले दिनको समयमा पनि आक्रमण गरेको भन्दै युक्रेनको प्रमुख

टी–२० सिरिजमा गण्डकीको विजयी सुरुवात

काठमाडौं– नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक

असोज ८ देखि हालसम्म विपद्का घटनामा ३५ जनाको मृत्यु

काठमाडौं– अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी