सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? | Khabarhub Khabarhub

सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुनको मूल्य  प्रतितोला ४०० रुपैयाँ घटेको थियो । आइतबार छापावाल सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी, सोमबार  तेजाबी सुन प्रतितोला १ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबारको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  १२ : ०२ बजे

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने