चिनियाँ नागरिकको सुरक्षा आफ्नो प्रमुख प्राथमिकता : पाकिस्तानी प्रहरी अधिकारी | Khabarhub Khabarhub

चिनियाँ नागरिकको सुरक्षा आफ्नो प्रमुख प्राथमिकता : पाकिस्तानी प्रहरी अधिकारी


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानको पेशावर शहरका प्रहरी प्रमुखले चिनियाँ नागरिकको सुरक्षा आफ्नो प्रमुख प्राथमिकता रहेको जनाएका छन् ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार चीनले पाकिस्तानलाई महत्वपूर्ण सहयोग गर्ने गरेको भन्दै पेशावरका प्रहरी महानिरीक्षक अख्तर हयात खानले प्रहरी अधिकारीलाई सो क्षेत्रमा कार्यरत चिनियाँ कामदार एवम् इन्जिनियरहरुको सुरक्षालाई चुस्त बनाउन समेत निर्देशन दिएका छन् ।

खैबर पख्तुनख्वा प्रान्तस्थि नौसेरामा रहेको राशाकाई आर्थिक क्षेत्रको भ्रमणका क्रममा उनले प्रहरीलाई यस्तो निर्देशन दिएका हुन् ।

भ्रमणका क्रममा महानिरीक्षक हयातले सैनिक अधिकारी, सरकारी कर्मचारी एवम् विभिन्न परियोजनामा कार्यरत चिनियाँ कामदारसँग भेटवार्ता गरेको डनले उल्लेख गरेको छ ।

पछिल्लो समय पाकिस्तानका विभिन्न स्थानमा चिनियाँ नागरिकलाई लक्षित गरी आक्रमणका घटना बढिरहेका बेला पेशावर सहरका प्रहरी प्रमुखले चिनियाँ नागरिकको सुरक्षा आफ्नो प्राथमिकतामा रहने जनाएका हुन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ६ : ४२ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये