पर्यटनमन्त्री किरातीद्वारा १० बुँदे कामको सूची सार्वजनिक | Khabarhub Khabarhub

पर्यटनमन्त्री किरातीद्वारा १० बुँदे कामको सूची सार्वजनिक


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल थाल्नेदेखि नागरिक उड्डयन विधेयकलगायत १० कामको सूची सार्वजनिक गरेका छन् । पर्यटन मन्त्रालयमा आज पत्रकारसँगको भेटघाटमा उनले १० बुँदे कामको सूची सार्वजनिक गरेका हुन् ।

मन्त्री किरातीले पदभार ग्रहण गरेको ४२ दिनमा सुधार गरेका पाँच बुँदे कामको विवरण प्रस्तुत गर्दै पशुपति विश्वविद्यालय स्थापना, पशुपति सरसफाइ तीन महिने अभियान, नेपाल नागरिक उड्डयन प्राधिकरण क्षेत्रमा महिलामाथि हुने दुर्व्यवहारसम्बन्धी उजुरी लिने स्थायी युनिट निर्माण गर्ने तयारी रहेको बताए । सरसफाइ संस्थागत गर्न निर्देशिका तयार गरिनुका साथै सम्पदा क्षेत्रमा यातायात सञ्चालन गर्ने, ग्राउण्डेड जहाज छानबिन समिति गठन गर्ने उनको तयारी छ । 

यस्तै हवाई नागरिक उड्डयन विधेयक प्रक्रिया अघि बढाउने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न कूटनीतिक पहल थाल्ने, भरतपुर विमानस्थल विस्तार गर्ने र नमस्ते पर्यटक सेवा विस्तार गर्ने मन्त्री किरातीका योजना छन् । उनले यस अगाडि पाँचवटा काम सम्पन्न भएका जानकारी दिए । 

नेपाल वायुसेवा निगमको अनलाइन टिकट, सरसफाइ र व्यवस्थापकीय सुधार, हवाई सुरक्षासम्बन्धी निर्देशन, लुम्बिनी गुरुयोजना अध्ययन र प्रतिवेदनका साथै विमानस्थल तथा अन्य विभागीय क्षेत्रमा इन्टरनेटको व्यवस्थापन काम सम्पन्न भएको मन्त्री किरातीले उल्लेख गरे ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ७ : ४६ बजे

माधवको धर्मसंकट : नैतिकता देखाउने कि ‘लिसो’ बन्ने ?

काठमाडौं- नेपालको समकालीन राजनीतिमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार

रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु

मस्को– कुर्स्क क्षेत्रमा जारी भिडन्तका क्रममा नौसेनाका उप-कमाण्डरका रुपमा कार्यरत

 भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्छौँ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

मेड्रिड– स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज