पूर्वी टर्कीमा पुनः भूकम्प « Khabarhub

पूर्वी टर्कीमा पुनः भूकम्प


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वी टर्कीमा सोमबार पुनः भूकम्प गएको छ । सोमबार टर्कीमा ५.६ म्याग्नीच्युडको भूकम्प गएको हो । भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन् ।

तीन हप्ताअघि गएको विनाशकारी भूकम्पमा परी ४४ हजारभन्दा बढी मानिसको ज्यान गएको टर्कीले फेरि अर्को धक्का ब्यहोरेको छ ।

पछिल्लो भूकम्पको केन्द्रविन्दु मलात्या प्रान्तको येसिल्युर्ट जिल्लामा रहेको जनाइएको छ । यहाँ यसअघि नै फेब्रुअरी ६ मा पनि शक्तिशाली भूकम्प गएको थियो ।

यसअघिको भूकम्पबाट क्षतिग्रस्त भएका २५ वटा भवन सोमबारको भूकम्पले ध्वस्त भएको टर्कीको विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरणले जनाएको छ।

फेब्रुअरी २० मा दक्षिणी टर्कीको हाते प्रान्तमा गएको अर्को भूकम्पमा छ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ८ : ५३ बजे

पूँजीगत खर्च प्राप्तिको योजनासहित बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

बाजुरा जिप दुर्घटना : दुई जनाको उपचारकै क्रममा मृत्यु, सात घाइते अस्पतालमा

कैलाली – बाजुराको हिमाली गाउँपालिकामा सोमबार भएको जिप दुर्घटनाले थप

गण्डकीमा ७८ प्रतिशत रोपाइँ

गण्डकी – गण्डकी प्रदेशमा हालसम्म ७८ दसमलव ३६ प्रतिशत रोपाइँ

‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारी

काठमाडौं – सरकारले विपद्को पूर्वचेतावनीसहित आवश्यक सूचनालाई अझ प्रभावकारी र