पूर्वी टर्कीमा पुनः भूकम्प « Khabarhub

पूर्वी टर्कीमा पुनः भूकम्प


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वी टर्कीमा सोमबार पुनः भूकम्प गएको छ । सोमबार टर्कीमा ५.६ म्याग्नीच्युडको भूकम्प गएको हो । भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन् ।

तीन हप्ताअघि गएको विनाशकारी भूकम्पमा परी ४४ हजारभन्दा बढी मानिसको ज्यान गएको टर्कीले फेरि अर्को धक्का ब्यहोरेको छ ।

पछिल्लो भूकम्पको केन्द्रविन्दु मलात्या प्रान्तको येसिल्युर्ट जिल्लामा रहेको जनाइएको छ । यहाँ यसअघि नै फेब्रुअरी ६ मा पनि शक्तिशाली भूकम्प गएको थियो ।

यसअघिको भूकम्पबाट क्षतिग्रस्त भएका २५ वटा भवन सोमबारको भूकम्पले ध्वस्त भएको टर्कीको विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरणले जनाएको छ।

फेब्रुअरी २० मा दक्षिणी टर्कीको हाते प्रान्तमा गएको अर्को भूकम्पमा छ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ८ : ५३ बजे

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको

बिहानै बालेन जानकी मन्दिरमा पुग्दा‍..

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

सोमबार बिहानै जानकी मन्दिरमा बालेन, साथमा देखिए अमरेशकुमार सिंह

काठमाडौं – आइतबार साँझ जनकपुरधाम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

माघ शुक्ल प्रतिपदा : हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

काठमाडौं – तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको