लियोनल मेसी बने फिफाको वर्ष खेलाडी « Khabarhub

लियोनल मेसी बने फिफाको वर्ष खेलाडी


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेसीले बेस्ट फिफा अवार्ड पाएका छन्। यो अवार्डसँगै उनी सन् २०२२ को उत्कृष्ट खेलाडी घोषित भएका छन्। मेसी पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड हुन्। प्रतिस्पर्धामा रहेका फ्रान्सेली फरवार्डद्वय केयलिन एम्बापे र करिम बेन्जेमालाई पछाडि पर्दै मेसीले अवार्ड हात पारेका हुन्।

कतार विश्वकपमा अर्जेन्टिनाका कप्तान रहेका मेसीले उत्कृष्ट खेल प्रदर्शन गर्दै अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका थिए। उनले सन् २०२१–२०२२ मा आफ्नो देश र क्लबका लागि ४९ खेलमा २७ गोल गरेका थिए। महिलातर्फ बार्सिलोनाका एलेक्सिया पुटेलास वर्षको उत्कृष्ट खेलाडी घोषित भएकी छन्।

मेसीले दोस्रो पटक फिफाको वर्ष खेलाडी अवार्ड जितेका हुन्। मेसीले अवर्ड प्राप्त गर्नु गर्व र उपलब्धि भएको भन्दै साथीहरुकोसमेत यसमा साथ रहेको बताएका छन्।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ७ : २७ बजे

सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनधि सभाको आजको दोस्रो बैठकमा सार्वजनिक खरिद प्रणालीलाई अझ

इरानी विदेशमन्त्रीको चेतावनी : हर्मुज जलमार्गमा हुने कुनै पनि चुनौतीले ‘तनाव बढाउनेछ’

बग्दाद– मध्यपूर्व युद्ध समाप्त गर्न शान्ति वार्ता चलिरहेको अवस्थामा पनि

गृह मन्त्रालयको कर्मचारी भन्दै प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ

काठमाडौं- आफूलाई गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको परिचय दिँदै प्रहरी कार्यालयमा

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्ष

वामपन्थी सहकार्यमा ढिलाइ नगरौँ : संयोजक प्रचण्ड

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’