लियोनल मेसी बने फिफाको वर्ष खेलाडी « Khabarhub

लियोनल मेसी बने फिफाको वर्ष खेलाडी


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेसीले बेस्ट फिफा अवार्ड पाएका छन्। यो अवार्डसँगै उनी सन् २०२२ को उत्कृष्ट खेलाडी घोषित भएका छन्। मेसी पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड हुन्। प्रतिस्पर्धामा रहेका फ्रान्सेली फरवार्डद्वय केयलिन एम्बापे र करिम बेन्जेमालाई पछाडि पर्दै मेसीले अवार्ड हात पारेका हुन्।

कतार विश्वकपमा अर्जेन्टिनाका कप्तान रहेका मेसीले उत्कृष्ट खेल प्रदर्शन गर्दै अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका थिए। उनले सन् २०२१–२०२२ मा आफ्नो देश र क्लबका लागि ४९ खेलमा २७ गोल गरेका थिए। महिलातर्फ बार्सिलोनाका एलेक्सिया पुटेलास वर्षको उत्कृष्ट खेलाडी घोषित भएकी छन्।

मेसीले दोस्रो पटक फिफाको वर्ष खेलाडी अवार्ड जितेका हुन्। मेसीले अवर्ड प्राप्त गर्नु गर्व र उपलब्धि भएको भन्दै साथीहरुकोसमेत यसमा साथ रहेको बताएका छन्।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ७ : २७ बजे

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव