माछाखोलाबाट समयसीमा भन्दा चार महिना अघि विद्युत उत्पादन « Khabarhub

माछाखोलाबाट समयसीमा भन्दा चार महिना अघि विद्युत उत्पादन


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा – माथिल्लो माछाखोला जलविद्युत् आयोजनाको उत्पादन समय सिमा भन्दा चार महिना अघि बाट नै सुरु भएको छ।

धार्चे गाउँपालिकामा रहेको विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित ४.५५ मेगावाटको आयोजनावाट चार महिना अघि नै उत्पादन सुरु गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो आयोजनाको सोमबार बालुवाटारबाट भर्चुअल रुपमा विधु उत्पादनको उद्घाटन गरेका छन्।

विधुत प्राधिकरणसँग गरेको विद्युत् खरिद बिक्री सम्झौता अनुसार २०८० साल असार ३० गते विधुत उत्पादन गर्ने लक्ष्य रहे पनि सो मितिभन्दा चार महिना अगावै सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी उत्पादन सुरु भएको हो।

सो क्षेत्रका सांसद बजगाईंले १३२ केभीएको ट्रान्समिसन लाइन निर्माण तत्कालै गर्नुपर्नेमा जोड गर्दैै त्यसका लागि गोरखामा जग्गाको कुनै समस्या नरहेको जानकारी प्रधानमन्त्री दाहाललाई दिएका थिए। बजगाईंले ट्रान्समिसन लाइन नबन्दा धेरै जलविद्युत् आयोजनालाई समस्या हुन थालेकोतर्फ प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण गराएका छन्।

गैरआवसीय नेपालको मुख्य लगानी र स्थानियको सहयोगमा सो आयोजना निमार्ण भएको हो।

जलविद्युत् कम्पनीका गैर आवासीय नेपाली संघका सचिव खगेन्द्र न्यौपानेलेले सरकारले एनआरएनलाई लगानी गर्ने वातावरण बनाए अन्य क्षेत्रमा पनि लगानी भित्रयाउन सकिने जनाएका छन्।

करिब एक करिब १ अर्ब लगानीमा निर्माण सम्पन्न भएको यस आयोजनामा ३५ प्रतिशत लगानी संस्थापकको छ भने राष्ट्रिय वाणिज्य बैंकको ६५ प्रतिशत ऋण लगानी रहेको न्यौपानले जानकारी दिए।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ८ : ०९ बजे

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली – यही असोज ८ गते बेलुकादेखि ११ गते बिहानसम्म

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६