कञ्चनरुपमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु « Khabarhub

कञ्चनरुपमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको कञ्चनरूप नगरपालिकामा आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कञ्चनरुप –९ विष्णु मन्दिर नजिक पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको घोडा बोकेको प्र२–०२–००१च ०७४६ नंको बोलेरो पिकअप र पश्चिमबाट पूर्व जाँदै गरेको बा१८च ६६१७ नंको स्कारपियो एकापसमा ठक्कर खाँदा एक महिला र एक पुरुषको मृत्यु भएको हो ।

सप्तरी प्रहरीका अनुसार स्कारपियोमा सवार सुनसरीको दुहबी नगरपालिका–३ का सञ्जय चौधरी, राजकुमारी चौधरी र हरेराम साहको घटनास्थलमै मृत्यु भएको हो । बोलेरो पिकअपमा रहेका दुई घोडामध्ये एउटा उछिट्टिएर सडकमा पछारिँदा तत्कालै मृत्यु भएको छ । दुवै सवारीमा सवार १२ जना घाइते भएका छन् । 

उनीहरूलाई उपचारका लागि स्थानीय धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि विराटनगर पठाइएको छ । 

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  १० : ३३ बजे

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी

फागुन २१ को सन्देश- देश बनाउने र जलाउनेबीचको जनमतसंग्रह

आगामी फागुन २१ मा हुने निर्वाचनमा केवल प्रतिस्पर्धी दलका रूपमा

गैँडाको आक्रमणबाट एक युवकको मृत्यु

चितवन– गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । माडी