विराटले राम्रो कप्तानी गर्न नसकेको सचिन र गांगुलीको आरोप | Khabarhub Khabarhub

विराटले राम्रो कप्तानी गर्न नसकेको सचिन र गांगुलीको आरोप


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्ल्यान्डमा जारी १२ औं संस्करणको विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा पराजित भएपछि कप्तान विराट कोहलीमाथि पनि प्रश्न उठ्न थालेको छ ।

भारतीय टोलीका पूर्व कप्तान सौरभ गाङ्गुली र बिबीएस लक्ष्मणले धोनीलाई सातौं नम्बरमा मैदान प्रवेश गराउनुलाई रणनीतिक रुपमा गम्भिर भुल भएको बताएका छन् ।

हार्दीक पाण्ड्या र दिनेश कार्तिकलाई धोनीभन्दा पहिले नै मैदान उतारिएको थियो । जहाँ भारतले ५ रनमा शुरुकै तीन विकेट गुमाइसकेको थियो ।

त्यसपछि खेलमा जम्मा २४ रन हुँदा भारतले ४ विकेट गुमाइसकेको थियो । भारतलाई न्यूजिल्यान्डले दिएको २ सय ४० रनको लक्ष्य विशाल बन्यो र १८ रनले पराजित भयो ।

टोली विश्वकपबाट बाहिरिएपछि लक्ष्मणले भने,‘धोनीले पाण्ड्या भन्दा अगाडि आउनु पर्ने थियो । यहाँ रणनीतिक कमजोर देखियो । धोनी दिनेश कार्तिक भन्दा पनि पहिले आउनु पथ्र्यो । धोनीका लागि सामान्य अवस्था थियो । सन् २०११ को विश्वकप फाइनलमा धोनी युवराज सिंह भन्दा अगाडि चौथो नम्बरमा मैदान प्रवेश गरेका थिए । जुन विश्वकप भारतले जीतेको थियो ।’

२०११ को फाइनलमा श्रीलंकाविरुद्ध धोनी अग्रपंतीका ब्याट्सम्यान विरेन्द्र सहवाग, सचिन तेन्दुलकर र विराट कोहली सस्तैमा आउट भएपछि मैदान उतारिएका थिए ।

भारतीय टोलीका पूर्व कप्तान सौरभ गांगुलीले भने,‘यदि धोनी अगाडि आएका हुन्थे भने अर्को पट्टीबाट ब्याटिङमा साथ दिइरहेको युवा खेलाडीलाई सम्हालिएर खेल्न भन्थे ।’

क्रिजमा रहेका रिसव पन्त सेट भइसकेका थिए । तर, उनले न्यूजिल्यान्डका मिचेल सेन्टनरको राम्रो स्पीनमा नराम्रो सर्ट प्रहार गर्दै आउट भए । यस्तोमा उनलाई साथ दिइरहेको अनुभवी खेलाडी भएको भए उनलाई सम्झाउन सक्थे ।

गांगुलीले थपे,‘यस्तो अवस्थामा अनुभवी खेलाडीको आवश्यकता पर्छ । पन्त खेलिरहँदा यदि धोनी क्रिजमा हुन्थे भने उनलाई यस्तो सर्ट प्रहार गर्न दिन्थेनन् । जस्तो जडेजा ब्याटिङमा हुँदा धोनी ब्याटिङमा थिए । उनीहरु दुवै जनामा राम्रो कुराकानी भइरहेको थियो । तपाई धोनीलाई सात नम्बरमा मैदान उर्तान सक्नु हुन्न ।’

विराट कोहलीले धोनीलाई सात नम्बरमा मैदान उतारेर गल्ती गरेको सचिनलाई पनि लाग्छ । धोनी चौथो नम्बरमा मैदान उत्रिएको भए बाँकी युवा खेलाडीसँग तालमेल मिलाएर ब्याटिङ इनिङ्स माथि उकास्न सक्ने सचिनको विश्वास छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  २ : १२ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी