हाम्रो सेनाको डेटा टर्कीमा देखियो : आरजु राणा « Khabarhub

हाम्रो सेनाको डेटा टर्कीमा देखियो : आरजु राणा


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले नेपाली सेनाको डिजिटल अभिलेखमा निकै कमजोरी फेला परेको दाबी गरेकी छिन् ।

मंगलबार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकाथन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री राणाले नेपाली सेना र बहालवाला जर्नेलहरुको व्यक्तिगत डाटासमेत टर्कीमा देखा परेको दाबी गरेकी हुन् ।

‘मलाई त अचम्म लाग्यो, विश्वास नै गरेकी थिइन तर हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो, जर्साबहरूको सबै इमेलहरु पनि टर्कीमा देखियो, जर्नेल साबहरुको पर्सनल इमेल पनि त्यहाँ देखिएको थियो,’ उनले भनिन्, ‘भोलि हाम्रो सुरक्षासम्बन्धी गोप्य राख्नु पर्ने कुनै पनि इमेल अर्को देशबाट सहजै हेर्न सकिदो रहेछ, त्यसैले हामीले साइबर सेक्युरेटीलाई पनि कसरी मजबुत बनाउने भन्नेमा तत्कालै गम्भिर हुन जारी छ ।’

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ४ : ५५ बजे

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया

ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार पहिचान र गुनासो सुन्न सर्वोच्चमा संयन्त्र

काठमाडौं । न्यायिक काम कारबाहीमा ढिलासुस्ती, भ्रष्टाचार र अनियमितताका क्षेत्रहरू

पूर्वराजालाई भेट्न नपाएपछि शितल निवास अगाडि एक युवाले आत्मदाह प्रयास

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि

बागमती सरकारबाट बाहिरियो एमाले, भोलि मन्त्रीहरूले राजीनामा बुझाउने

काठमाडौं । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।